‘शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएको छैन’- राधिका शाक्य

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर नखुवाएको दाबी गरेकी छिन् । ‘करुणा’ पुस्तकको लोकार्पण गर्दै उनले यस्तो बताएकी हुन् ।  प्रधानमन्त्री ओलीसँग विवाह गरेको ३८ वर्ष पूरा भइसकेको भन्दै उनले ओली गृहमन्त्री, परराष्ट्रमन्त्री, ४ पटक प्रधानमन्त्री हुँदा पनि शक्तिको दुरुपयोग गरेर कसैलाई कुनै काम नदिलाएको बताएकी छिन् […]

May 20, 2025 - 04:57
 0
‘शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएको छैन’- राधिका शाक्य

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर नखुवाएको दाबी गरेकी छिन् । ‘करुणा’ पुस्तकको लोकार्पण गर्दै उनले यस्तो बताएकी हुन् । 

प्रधानमन्त्री ओलीसँग विवाह गरेको ३८ वर्ष पूरा भइसकेको भन्दै उनले ओली गृहमन्त्री, परराष्ट्रमन्त्री, ४ पटक प्रधानमन्त्री हुँदा पनि शक्तिको दुरुपयोग गरेर कसैलाई कुनै काम नदिलाएको बताएकी छिन् । 

उनले पदको दुरुपयोग गरेर जागिर खुवाएको आरोप लगाउनेहरुलाई उक्त आरोप पुष्टि गर्न पनि चेतावनी दिएकी छिन् । त्यस्तै, उनले कार्यकर्ता व्यवस्थापनबारे आफू जानकार नरहेको र आफूले कुनै पनि राजनीतिक कार्यमा हस्तक्षेप नगर्ने र नगरेको पछि बताएकी छिन् । 

त्यस्तै, शाक्यले आफूलाई कुनै लोभ, अवसर खोज्ने चाहना र महत्वकांक्षा नरहेको पनि स्पष्ट पारेकी छिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register