नेपाल प्रहरीका ११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् । मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुने एसएसपीहरूमा सुदर्शन कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधवप्रसाद श्रेष्ठ र दिलिपसिंह देउवा रहेका छन् । यसैगरी, दीपककुमार बस्नेत, […]

May 20, 2025 - 16:47
 0
नेपाल प्रहरीका ११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने एसएसपीहरूमा सुदर्शन कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधवप्रसाद श्रेष्ठ र दिलिपसिंह देउवा रहेका छन् ।

यसैगरी, दीपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ पनि डीआईजी बढुवा सिफारिस भएका छन् ।

मंगलबार नै बसेको बढुवा सिफारिस समितिको बैठकले डीआईजी सिद्धिविक्रम शाहलाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

हेरौं सूची :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register