कनकाई–४ मा निःशुल्क आँखा शिविर, ३१५ जनाले लिए लाभ
कनकाई, ६ जेठ । झापाको कनकाई नगरपालिका वडा नम्बर ४ मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। जेष्ठ नागरिक संघ कनकाई नगर समितिको आयोजना र कनकाई नगरपालिका–४ को सह आयोजक तथा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो । शिविरमा १८० जना महिला र १३५ पुरुष गरी ३१५ [...] The post कनकाई–४ मा निःशुल्क आँखा शिविर, ३१५ जनाले लिए लाभ appeared first on Jhapa Online.

कनकाई, ६ जेठ । झापाको कनकाई नगरपालिका वडा नम्बर ४ मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
जेष्ठ नागरिक संघ कनकाई नगर समितिको आयोजना र कनकाई नगरपालिका–४ को सह आयोजक तथा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।
शिविरमा १८० जना महिला र १३५ पुरुष गरी ३१५ जनाको आँखा परीक्षण गरिएको छ । उनीहरूमध्ये १६ जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने भएकाले मेची आँखा अस्पताल पठाइएको कार्यपालिका सदस्यीय लक्ष्मी कटुवालले जानकारी दिनुभयो ।
आँखा शिविर उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जेष्ठ नागरिक संघ कनकाईले जेष्ठ मातापिताका लागि स्वास्थ्य शिविर, आँखा शिविर, अवलोकन भ्रमण लगायतका कार्यक्रम सञ्चालन गर्नु प्रशंसनीय भएको बताउनुभयो ।
कनकाई नगरपालिका, नगरका वडा कार्यालयहरू र विभिन्न संघसंस्थासँग सहकार्य गरेर नगरको चौतर्फी विकासका लागि काम गरिरहेको नगरप्रमुख पोखरेलको भनाइ छ। उहाँले एकल प्रयासले मात्र सबै काम गर्न नसकिने भएकाले सबैको साथ र सहयोग अपरिहार्य भएको उल्लेख गर्नुभयो । नगरमा क्रियाशील विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गरेर नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गरिरहेको नगरप्रमुख पोखरेलले बताउनुभयो ।
कार्यक्रममा कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले वडाले प्राप्त बजेटबाट सबै क्षेत्रलाई समेटेर काम गर्दै आएको बताउनुभयो। जेष्ठ नागरिक सबैको अमूल्यनिधि भएकाले उनीहरूको सेवा गर्नु सबैको दायित्व भएको उहाँले बताउनुभयो।

जेष्ठ नागरिक सङ्घ कनकाईका अध्यक्ष शम्भूप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि पोखरेल, सोही वडाका वडा अध्यक्ष सुवेदी, मेची आँखा अस्पताल बिर्तामोडका सिनियर डाक्टर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
शिविरमा कनकाई ४ का वडा सदस्य मोहन संङ्ग्रौलाले वडाका धेरै नागरिकहरूले प्रत्यक्ष लाभ लिनुभएको बताउँदै यस्ता कार्यक्रमले हाम्रो समाजमा स्वास्थ्यप्रति चेतना बढाउनुका साथै सहकार्य र सेवाभाव बढाउदै लैजाने बताउनुभयो ।

कनकाई–४ स्थित जेष्ठ नागरिक सङ्घको सभाहलमा आयोजना गरिएको शिविरमा कानकाई–४ सहित अन्य वडाबासीले समेत सेवा लिनुभएको कार्यपालिका सदस्य कटुवालले बताउनुभयो ।
मेची आँखा अस्पताल बिर्तामोडको सात सदस्यीय डाक्टर तथा प्राविधिक टोलीले शिविरमा आँखा सेवा प्रवाह गर्नुभएको कार्यक्रमको सञ्चालन जेष्ठ नागरिक सङ्घ कनकाईका सचिव कृष्णप्रसाद घिमिरेले गर्नुभएको थियो ।

The post कनकाई–४ मा निःशुल्क आँखा शिविर, ३१५ जनाले लिए लाभ appeared first on Jhapa Online.
What's Your Reaction?






