हितेन्द्रदेव शाक्यलाई उर्जामन्त्रीको साथ, प्राधिकरणको ‘घाटावाला श्वेतपत्र’ सत्य भएको दाबी ! 

काठमाडौँ । उर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणको ‘घाटावाला श्वेतपत्र’ सत्य भएको दाबी गरेका छन् । पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उर्जामन्त्री खड्काले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सार्वजनिक गरेको श्वेतपत्र सत्य भएको दाबी गरेका हुन् ।  उनले प्राधिकरणको नाफा र घाटाको सन्दर्भमा सार्वजनिक श्वेतपत्र यथार्थपरक भएकोले धेरै टिप्पणी र हल्ला गर्न आवश्यक नभएको बताएका […]

May 21, 2025 - 08:14
 0
हितेन्द्रदेव शाक्यलाई उर्जामन्त्रीको साथ, प्राधिकरणको ‘घाटावाला श्वेतपत्र’ सत्य भएको दाबी ! 

काठमाडौँ । उर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणको ‘घाटावाला श्वेतपत्र’ सत्य भएको दाबी गरेका छन् । पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उर्जामन्त्री खड्काले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सार्वजनिक गरेको श्वेतपत्र सत्य भएको दाबी गरेका हुन् । 

उनले प्राधिकरणको नाफा र घाटाको सन्दर्भमा सार्वजनिक श्वेतपत्र यथार्थपरक भएकोले धेरै टिप्पणी र हल्ला गर्न आवश्यक नभएको बताएका छन् । 

‘विद्युत प्राधिकरणको नाफा र घाटा के हो ? भन्ने सन्दर्भमा अहिलेको श्वेतपत्र यथार्थपरक छ । अझै यसमाथि आयोजनाहरुलाई तिर्नुपर्ने बक्यौता यकिन भइसकेको छैन । छिट्टै अडिट हुँदैछ ।’, उनले भने, ‘श्वेतपत्र यथार्थपरक छ । सरकारी निकायहरुले सत्य कुरा भन्नुपर्छ, आफ्नो कार्य पारदर्शी हुनुपर्छ ।’ 

त्यस्तै, उनले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन र समितिको प्रतिवेदनमा तालमेल नमिलेको भन्दै अन्तराष्ट्रिय रुपमा मान्य हुनेगरि अडिट गरेर निर्णय गरिएको पनि बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register