समाजवाद उन्मुख होइन,सर्व कालिन समाजवादमा काग्रेस: महत

नवलपरासी।  नेपाली काग्रेसका प्रवक्ता एवं पूर्व मन्त्री डा. प्रकाश शरण महतले समाजवादमा उत्पादनकाे नेतृत्व आम नागरिक एवं निजी क्षेत्रले र वितरणको नेतृत्व प्रजातान्त्रिक राज्य प्रणालीले गर्ने बताएका छन् । महतले साे कुरा शुक्रबार वीपी चिन्तन प्रतिष्ठान नवलपरासी पूर्वले आयोजना गरेको लाेकतन्त्र र समाजवाद उन्मुख कार्यक्रम विषयक बिचार गोष्ठीमा राखेका हुन् । उनले राज्य र पार्टीका […]

May 23, 2025 - 17:37
 0
समाजवाद उन्मुख होइन,सर्व कालिन समाजवादमा काग्रेस: महत

नवलपरासी। 

नेपाली काग्रेसका प्रवक्ता एवं पूर्व मन्त्री डा. प्रकाश शरण महतले समाजवादमा उत्पादनकाे नेतृत्व आम नागरिक एवं निजी क्षेत्रले र वितरणको नेतृत्व प्रजातान्त्रिक राज्य प्रणालीले गर्ने बताएका छन् ।

महतले साे कुरा शुक्रबार वीपी चिन्तन प्रतिष्ठान नवलपरासी पूर्वले आयोजना गरेको लाेकतन्त्र र समाजवाद उन्मुख कार्यक्रम विषयक बिचार गोष्ठीमा राखेका हुन् ।

उनले राज्य र पार्टीका नीति समाजवाद उन्मुख भन्नू वाहियात बताउँदै समाजवाद भनेका सर्वकालिक हुने नेता महतले बताए ।

हालै सरकारकाे नीति तथा कार्यक्रममा समाजवाद उन्मुख भन्ने बिषय राखियाे,संविधानमै उल्लेख विषयमा थप प्रश्न नगरीए पनि समाजवाद सर्वकालिक बिषय भएकाे र वीपी काेईरालाले भन्नू भएझै प्रजातान्त्रिक एवं लाेकतान्त्रिक पद्धतिकाे समाजवाद  हाे ।

महतकाे भनाईमा संविधान बनाउदा सबैका कुरा समावेश गर्दा यी शब्द लेखिए पनि समाजवाद उन्मुख भनेर जनतालाई गुमराहमा राख्ने बिषय हाेईन् यस्मा नेपाली काग्रेसले विश्वास गर्दैन ।

हिजोका दिनमा कम्युनिस्टहरूले सरकार भनेका साझा हाे, सम्पूर्ण उत्पादनका साधनमा राज्यले नियन्त्रण राख्याे भने सबै बराबर भन्ने मान्यता सहितका धारणा राख्ने गरेको महतले बताए ।  

महतले भने, तर सरकारले उत्पादनमा सहभागी हुँदा परिणाम आएन,उत्पादन बढेन् ,गरीबी मात्रै बढ्याे गरीबीबादकाे मात्र वितरण भयाे ।

त्यसैले वीपीले परिकल्पना गरेको समकालीन लाेकतन्त्र र समाजबादका दुई पाटा ओैल्याउदै नेता महतले भने अभिव्यक्ति स्वतन्त्रता,निर्वाचन प्रणाली र हरेक नागरिकलाई आफ्ना सृजनशीलता र क्षमताकाे पूर्ण प्रयाेग गरि अघि बढ्ने छुट भएकाे बताए ।

त्यस्तै समाजवाद अर्थात आर्थिक तथा समाजिक पाटाेमा संसारभरकाे राजनैनिक अभ्यासले सरकारी नियन्त्रणले उत्पादन नबढ्ने कुरा साबित भई सकेकाे, हरेक कामलाई सरकारीकाम कहिले जाला घामका रूपमा लिईदा उत्पादन नबढेर घाटा माथि घाटा भई राजश्व घट्दै सरकारकाे दायित्व मात्र थपिने महतले बताए ।

उनले समकालीन समाजवादमा उत्पादनकाे नेतृत्व आमनागरिकले गर्ने, उद्यम व्यवसायीहरू नीजि क्षेत्रले गर्ने जस्मा कसैले आधिपत्य नजमाओस् भनी राज्यले नियमन र प्रतिष्प्रर्धाकाे सुनिश्चितता गर्दै पछि परेकाे वर्ग समूहलाई शिक्षा,स्वास्थ्य एवं भत्ता जस्ता सहयाेग वितरण गरी उनीहरूलाई पनि उत्पादनकाे मुल धारमा ल्याउनु पर्ने धारणा राखेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेमा प्रवक्ता महतले नेपाली काग्रेसले वीपी बिचार छाडेकाे भन्ने मित्थ्या आराेपका पछि काेही पनि नलाग्न आग्रह गर्दै निजीकरणका विषयमा हिजो निजी क्षेत्र कमजाेर र राज्य साधन र श्रोतले बलियो हुँदा खुलेका उद्योग बर्सेनि घाटामा थिए जुन निजी क्षेत्र बलियो र सक्षम भए पछि निजीकरणमा गएका हुन् ।

उनले भृकुटी कागज कारखानाकाे निजी करणमा जमिन सहितकाे हक हस्तान्तरण राज्यबाट नहुनु पर्ने थियाे भन्दै रूग्ण उद्योग नीजीकरण गर्दा भएका त्रुटि सच्याउँदै जमिन र भवनकाे स्वामित्व राज्यले नियन्त्रणमा राखेर निजी क्षेत्रलाई उत्पादनमा जाेड्नु पर्ने बताए ।

महतले पर्यटन, धर्म र संस्कृतिका विषयमा सनातन धर्मलम्बीहरू किरात तथा प्रकृति पूजकहरू स्वभावैले सहिष्ण हुने हँदा संवधानले नै सनातन धर्मकाे रक्षा तथा धार्मिक स्वतन्त्रताकाे सुनिश्चितता गरेको छ जस्मा त्यस्ता सांस्कृतिक महत्वका क्षेत्रमा स्थायी सडक संजालले जाेडेर धार्मिक पर्यटकहरू भित्र्याउनु पर्ने कुरामा महतले जाेड दिएका थिए ।

प्रतिष्ठानका जिल्ला अध्यक्ष रूद्रलाल कडेलकाे अध्यक्षता रहेकाे साे कार्यक्रममा वीपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सह अध्यक्ष पराजुली,काग्रेस गण्डकी प्रदेश महामन्त्री एवं पूर्व सांसद विष्णु लामिछाने, पूर्व मन्त्री एवं नेका जिल्ला सभापति महेन्द्रध्वज जिसी लगायतले वीपिकाे बहुआयामिक व्यक्तित्व र प्रतिष्ठानका विषयमा धारणा राखेका थिए ।

नेपाली काग्रेसका अगुवा कार्यकर्ता,जिल्ला एवं क्षेत्रीय पदाधिकारी,सुवेच्छुक एवं भातृ संघ संस्थाका प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे साे कार्यक्रममा प्रतिष्ठानका जिल्ला पदाधिकारीहरूकाे पदस्थापन गरिएकाे थियाे भने वीपी स्मृति भवन निर्माणका सहयाेगीहरू सम्मानित भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register