विषाक्त च्याउ खाएर तीन जनाको मृत्यु

दमक, ११ जेठ । विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो । बिर्तामोडस्थित बिएण्डसी अस्पतालका सूचना अधिकारी डा अनुपम घिमिरेका अनुसार छ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका [...] The post विषाक्त च्याउ खाएर तीन जनाको मृत्यु appeared first on Jhapa Online.

May 25, 2025 - 11:45
 0
विषाक्त च्याउ खाएर तीन जनाको मृत्यु

दमक, ११ जेठ । विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको ज्यान गएको छ ।

माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो ।

बिर्तामोडस्थित बिएण्डसी अस्पतालका सूचना अधिकारी डा अनुपम घिमिरेका अनुसार छ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासि बिरामी परेका थिए । मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगरमा यसअघि नै मृत्यु भएको थियो । लावतीको आज बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

The post विषाक्त च्याउ खाएर तीन जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register