भद्रपुरमा बालबालिकाको कुरा बजेटमा समेट्न अभिमुखीकरण

भद्रपुर, २६ जेठ । कोशी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका झापाको भद्रपुरमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा सम्बन्धी विद्यार्थीहरुसँग अभिमुखीकरण कार्यक्रम गरिएको छ । बालबालिकाका कुरालाई आगामी बजेटमा समेट्ने उद्देश्यले नगर बाल सञ्जाल भद्रपुरको आयोजनामा आइतबार अभिमुखीकरण कार्यक्रम गरिएको हो । नगर बाल सञ्जालका अध्यक्ष उत्सव पाण्डेको अध्यक्षता र भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा [...] The post भद्रपुरमा बालबालिकाको कुरा बजेटमा समेट्न अभिमुखीकरण appeared first on Jhapa Online.

Jun 9, 2025 - 03:41
 0
भद्रपुरमा बालबालिकाको कुरा बजेटमा समेट्न अभिमुखीकरण

भद्रपुर, २६ जेठ । कोशी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका झापाको भद्रपुरमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा सम्बन्धी विद्यार्थीहरुसँग अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

बालबालिकाका कुरालाई आगामी बजेटमा समेट्ने उद्देश्यले नगर बाल सञ्जाल भद्रपुरको आयोजनामा आइतबार अभिमुखीकरण कार्यक्रम गरिएको हो । नगर बाल सञ्जालका अध्यक्ष उत्सव पाण्डेको अध्यक्षता र भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा विशिष्ठ अतिथि उपप्रमुख राधा कार्कीले जीवनमा सबैभन्दा ठूलो कुरा सिकाइ भएको बताउनुभयो । सिक्ने र अघि बढ्ने क्रम जारी राख्न आग्रह गर्दै उहाँले भन्नुभयो, “अहिले पढ्ने र सिक्ने समय हो, यसलाई महत्वका साथ अघि बढाउन म आग्रह गर्छु ।” माटोबाट सानो दियो र ठूलो घैला दुवै बन्ने भएकाले ठूलो बन्ने प्रयास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

भिडियो समाचारका लागि यहाँ क्लिक गर्नुहोस्

https://www.facebook.com/jhapaonlineportal/videos/1222177709319556

त्यस्तै, विशिष्ठ अतिथि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले तीन वटा मुख्य उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । बालमैत्री नगरपालिकालाई यथावत राखेर अझ सक्रिय बनाउन यस्ता कार्यक्रम गर्ने गरिएको उहाँले बताउनुभयो ।

“बालमैत्री नगर घोषणा भएपछि केही न केही उपलब्धि हासिल भएका छन्”, उहाँले भन्नुभयो, “उपलब्धिहरुलाई आत्मसात गरेर अझ बालबालिकाको वृहत्तर हितमा काम गर्न बाल क्लब, बाल सञ्जाल र विद्यार्थीहरुको साथ र सहयोग आवश्यक छ ।” बालबालिका सबै समस्या थाहा हुन नसक्ने भएकाले समस्याका बारेमा अवगत गराउन उहाँले आग्रह समेत गर्नुभयो ।

नगरपालिकाकी सामाजिक विकास समिति संयोजक सीता गुरागाईंले प्राप्त सुझाव योजनामा समेटिने बताउनुभयो । कुनै अप्ठ्यारो नमानी आफ्ना गुनासा र सुझाव राख्न अग्रह गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका बालमैत्री फोकल पर्सन टिकाराम पाण्डेले निकै चुनौतीहरुलाई चिरेर बालमैत्री नगर घोषणा गरिएको बताउनुभयो । “नकुटी विद्यार्थीलाई कसरी पढाउन र राम्रो रिजल्ट निकाल्न सकिन्छ भनेर विद्यालयहरुले हामीलाई धेरै दबाब दिनु भएको थियो”, उहाँले भन्नुभयो, “यस्ता धेरै समस्याको समाधान गरेर अहिले बालमैत्री नगर बनेको छ ।”

कार्यक्रममा भद्रपुर नगर बाल सञ्जालका पूर्वअध्यक्ष आराध्या प्याकुरेलले आफ्नो बालमैत्री नगर घोषणा ताकाको अनुभव सुनाउनुभएको थियो । उहाँले बालमैत्री नगर घोषणा भएसँगै बालबालिकाको संस्थागत सहभागिता सुनिश्चित हुनु सबैभन्दा बढी महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । उहाँले नगरपालिकाका सबै शाखाहरुले बालमैत्री नगरका लागि गर्नुपर्ने कामहरु गरिरहेको बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशिक्षक नगर बाल सञ्जालका पूर्वअध्यक्ष तथा नगर युवा परिषद् भद्रपुरका कार्यकारी उपाध्यक्ष आरोग्य तिम्सिनाले बालमैत्री स्थानीय शासनको सूचक र बालबालिकाले पालना गर्नुपर्ने आचार संहिताका विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

नगर बाल सञ्जाल अध्यक्ष उत्सव पाण्डेले भद्रपुर नगर क्षेत्रमा २२ हजारभन्दा बढी बालबालिका रहेको बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं. १ देखि ५ सम्मका वडा बाल सञ्जालका अध्यक्ष एवम् प्रतिनिधि, पाँच वटै वडाका सबै सामुदायिक तथा निजी विद्यालयका चार÷चार जनाको सहभागिता रहेको नगर बाल सञ्जालका सचिव समिर निरौलाले बताउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य सीता गुरुङ, शिक्षा शाखाकी कर्मचारी उषा पोखरेल, सामाजिक विकास शाखाकी चन्द्रकला ढकाल लगायतको आतिथ्य रहेको थियो । नगर बाल सञ्जालले गत माघमा भद्रपुर वडा नं. ६ देखि १० नम्बर वडाका बालबालिकालाई समेटेर अभिमुखीकरण कार्यक्रम गरिसकेको छ ।

The post भद्रपुरमा बालबालिकाको कुरा बजेटमा समेट्न अभिमुखीकरण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register