सदस्यलाई सिम्रिकको मौरीपालन तालिम

झापा, १२ जेठ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले लघुवित्त समिक्षा कार्यक्रम तथा ब्यवसायिक मौरी पालन सम्बन्धी तालिम प्रदान गरेको छ । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक साकोसले आज बिर्तामोडमा एक दिने लघुवित्त समिक्षा सहित मौरी पालन सम्बन्धी तालिमको आयोजना गरेको हो । साकोसले संस्थाद्वारा संचालित लघुवित्त कार्यक्रम अन्तर्गतका सेवाकेन्द्रहरुका केन्द्र प्रमुखहरुसँग [...] The post सदस्यलाई सिम्रिकको मौरीपालन तालिम appeared first on Jhapa Online.

May 26, 2025 - 02:40
 0
सदस्यलाई सिम्रिकको मौरीपालन तालिम

झापा, १२ जेठ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले लघुवित्त समिक्षा कार्यक्रम तथा ब्यवसायिक मौरी पालन सम्बन्धी तालिम प्रदान गरेको छ ।

झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक साकोसले आज बिर्तामोडमा एक दिने लघुवित्त समिक्षा सहित मौरी पालन सम्बन्धी तालिमको आयोजना गरेको हो । साकोसले संस्थाद्वारा संचालित लघुवित्त कार्यक्रम अन्तर्गतका सेवाकेन्द्रहरुका केन्द्र प्रमुखहरुसँग लघुवित्त कार्यक्रम बारे समिक्षा गरिएको हो ।

संस्थाका कोषाध्यक्ष मेहरमान बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा लघुवित्तको शुरुवात कसरी भयो ? यसको आवश्यकता किन र के–का लागि ? भन्ने विषयमा संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले सहभागिलाई जानकारी प्रदान गरेका थिए ।

त्यस्तै संस्थाका नीति नियम तथा संचालित बचतहरुका बारेमा आलेप विभाग प्रमुख दुर्गा प्रसाद रिजाल र कर्जा सदुपयोगिताका बारेमा लघुवित्त विभाग प्रमुख परमानन्द राजवंशीले विषयगत अन्तरक्रिया गर्दै प्रष्ट पारेका थिए ।

साथै श्री सतासी महिला मौरी पालन सहकारी संस्थाको ब्यवस्थापक देवी माया दाहालले मौरी पालनको बिषयमा सहजिकरण गरेकी थिइन । उनले मौरी पालनबाट ब्यवसायिक कसरी हुने, फाईदाहरु के कत्ती गर्न सकिन्छ, मौरीलाई चाहिने वातावरण लगायतका बारेमा जानकारी दिएकी थिइन । उनले ब्यवसायिक हुनका लागि साक्षरता तालिम समेत प्रदान गरिन ।

सदस्यलाई उद्यमसँग जोड्न मौरी पालन सम्बन्धी तालिम प्रदान गरिएको संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले जानकारी दिए । उनले सदस्यको आर्थिक अवस्था सुधार गर्दै व्यवसायिकतामा जोड्न तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

The post सदस्यलाई सिम्रिकको मौरीपालन तालिम appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register