झापामा टिपरको ठक्करबाट श्रीमान–श्रीमती गम्भीर घाइते

झापा, ४ जेठ । झापामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । आज दिउँसो मेचीनगर नगरपालिका–१४ दुवागढी चोकस्थित चन्द्रगढी–चारआली सडक खण्डमा चारआलीबाट चन्द्रगढी तर्फ जादै गरेको स १ क १८१ नम्वरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्र १–०१–००१८ प ००७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–१३ [...] The post झापामा टिपरको ठक्करबाट श्रीमान–श्रीमती गम्भीर घाइते appeared first on Jhapa Online.

May 18, 2025 - 16:55
 0
झापामा टिपरको ठक्करबाट श्रीमान–श्रीमती गम्भीर घाइते

झापा, ४ जेठ । झापामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् ।

आज दिउँसो मेचीनगर नगरपालिका–१४ दुवागढी चोकस्थित चन्द्रगढी–चारआली सडक खण्डमा चारआलीबाट चन्द्रगढी तर्फ जादै गरेको स १ क १८१ नम्वरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्र १–०१–००१८ प ००७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–१३ का ५५ वर्षीय मनप्रसाद लिम्बूको पिसाब थैलीमा चोट लागेको छ भने अवस्था गम्भीर रहेको छ । त्यस्तै, सोही मोटरसाइकलमा पछाडि सवार उनको श्रीमती ५२ वर्षीया टिकाकुमारी श्रेष्ठ (लिम्बू) समेतको दुवै खुट्टामा चोट लागेको छ भने अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुबै जना घाइतेको बीण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घाइते दम्पत्तिको उपचारमा आफन्तहरु संलग्न रहेका छन् । मोटरसाइकल र टिपर प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको छ । टिपर चालक गौरीगञ्ज गाँउपालिका–१ का २६ वर्षीय विजय सरदारलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धुलाबारी पठाइएको छ ।

The post झापामा टिपरको ठक्करबाट श्रीमान–श्रीमती गम्भीर घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register