काङग्रेस बैठकमा गृहमन्त्रीको गुनासो : ममाथि राजनीतिक आक्रमण भयो, चरित्र हत्या गरियो

काठमाडौं । गृहमन्त्री रमेश लेखकलले भिजिट भिसा प्रकरणमा आफूमाथि राजनीतिक आक्रमण भएको गुनासो गरेका छन् । बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बसेकाे पार्टी पदाधिकारी बैठकमा मन्त्री लेखककले यस्तो गुनासो गरेको बैठकमा सहभागी नेताहरूले जानकारी दिएका छन् । मन्त्री लेखकले कर्मचारीको बदमासीमा आफूलाई छोडेर चरित्र हत्या गर्न खोजेको बताएका छन् । उनले यस प्रकरणमा […]

May 26, 2025 - 07:57
 0
काङग्रेस बैठकमा गृहमन्त्रीको गुनासो : ममाथि राजनीतिक आक्रमण भयो, चरित्र हत्या गरियो

काठमाडौं । गृहमन्त्री रमेश लेखकलले भिजिट भिसा प्रकरणमा आफूमाथि राजनीतिक आक्रमण भएको गुनासो गरेका छन् । बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बसेकाे पार्टी पदाधिकारी बैठकमा मन्त्री लेखककले यस्तो गुनासो गरेको बैठकमा सहभागी नेताहरूले जानकारी दिएका छन् । मन्त्री लेखकले कर्मचारीको बदमासीमा आफूलाई छोडेर चरित्र हत्या गर्न खोजेको बताएका छन् ।

उनले यस प्रकरणमा आफ्नो कुनै संलग्नता नरहे पनि व्यक्तिगत रूपमा आफूमाथि राजनीतिक आक्रमण भएको बताएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले जानकारी दिइन् । अध्यागमनमा बदमासी थाहा पाएलगत्तै कर्मचारीको सरूवा गर्दा आफूलाई बदनाम गर्न खोजेको भनाइ मन्त्री लेखकले राखेका थिए । ‘अध्यागमनमा भएका बदमासीका विषय थाहा पाएपछि कर्मचारीलाई मन्त्रालय तानेको हो, त्योबाहेक केही छैन । मेरो कुनै संलग्नता छैन । मलाई व्यक्तिगत रूपमा राजनीतिक आक्रमण भयो । बदनाम गर्ने काम भयो । राजनीतिक रूपमा मेरो चरित्र हत्या गर्ने काम भयो,’ मन्त्री लेखकको भनाइ उद्दृत गर्दै उनले भनिन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यागमनमा छापा हान्न खोजेको सूचना पाएलगत्तै त्यहाँ कार्यरत सहसचिव तीर्थराज भट्टराईलाई रातरात गृह मन्त्रालय सरूवा गरिएको थियो । भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएसँगै अध्यागमनका अन्य १५ कर्मचारीलाई पनि अन्यत्र सरूवा गराइयो । यही विषयलाई मन्त्री लेखकले बदमासी अन्त्यका लागि कर्मचारीको सरूवा गरिएको भन्दै आफ्नो बचाउ गरेका हुन् ।

यस विषयमा राजीनामाको माग उठेकाले आफूले पार्टीले जे भन्छ त्यहीअनुसार अघि बढ्ने मन्त्री लेखकको भनाइ थियो । ‘पार्टीले जे भन्छ, त्यही गर्छु मैले कुनै गलत काम गरेको छैन यसमा मेरो संलग्नता छैन,’ लेखकको भनाइ छ ।

बैठकमा लेखकको राजीनामा माग्ने तीन नेता डा शेखर कोइराला, डा सुनिल शर्मा र राजेन्द्र बजगाईंमाथि स्पष्टीकरण सोध्नुपर्ने मागसमेत उठेको थियो ।

उपसभापति पूर्णबहादुर खड्कासहितका नेताले काम गर्दा समस्या आइपर्ने र त्यसका विरुद्ध जुध्नुपर्ने बताए । ‘गलत गरेको छैन भने कोही डराउनु हुँदैन । कर्मचारीको बदमासीमा मन्त्रीले नै राजीनामा दिने हो भने कसरी चलाउन सकिन्छ ?,’ उपसभापति खड्काको भनाइ थियो ।

कङ्ग्रेसले भिजिट भिसा प्रकरणमा मन्त्री लेखक निर्दोष रहेको निष्कर्ष निकालेको छ । छानबिन गर्नुपर्ने निकायले मन्त्री लेखकलाई नतानेकाले उनलाई दोषी भन्न नमिल्ने बैठकको निष्कर्ष छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register