दोहोरो अङ्कले बढ्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ११ अङ्कले बढेर २६२६ दशमलव ३१ को विन्दुमा पुगेको छ । मंगलबार ३१२ कम्पनीका ६४ हजार ९१७ पटकको कारोबारमा एक करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Dec 24, 2024 - 09:32
 0
दोहोरो अङ्कले बढ्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ११ अङ्कले बढेर २६२६ दशमलव ३१ को विन्दुमा पुगेको छ ।

मंगलबार ३१२ कम्पनीका ६४ हजार ९१७ पटकको कारोबारमा एक करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

१६७ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये बाँकीमा हरियाली छाउँदा निर्माण कम्पनीमा भारी गिरावट आएको छ भने व्यापार कम्पनी पनि राताम्मे छन् ।

तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा जानकी फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register