भारतमा कोभिड-१९ सङ्क्रमित बढ्दै, सबैभन्दा धेरै केरलामा

काठमाडौं । भारतमा कोभिड-१९ का केस बढ्दै गएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअनुसार देशमा कोभिड-१९ का कुल १००९ सक्रिय केस छन् । केरला राज्यमा सबैभन्दा धेरै ४३० सक्रिय केस छन् । त्यसपछि महाराष्ट्रमा २०९ र दिल्लीमा १०४ पुष्टि भएका केस छन् । कुन राज्यमा कति सक्रिय केस ? केरला – ४३० महाराष्ट्र- २०९ दिल्ली […]

May 26, 2025 - 08:52
 0
भारतमा कोभिड-१९ सङ्क्रमित बढ्दै, सबैभन्दा धेरै केरलामा

काठमाडौं । भारतमा कोभिड-१९ का केस बढ्दै गएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअनुसार देशमा कोभिड-१९ का कुल १००९ सक्रिय केस छन् ।

केरला राज्यमा सबैभन्दा धेरै ४३० सक्रिय केस छन् । त्यसपछि महाराष्ट्रमा २०९ र दिल्लीमा १०४ पुष्टि भएका केस छन् ।

कुन राज्यमा कति सक्रिय केस ?

केरला – ४३०

महाराष्ट्र- २०९

दिल्ली – १०४

गुजरात – ८३

तमिलनाडु – ६९

कर्नाटक – ४७

उत्तर प्रदेश – १५

राजस्थान -१३

पश्चिम बंगाल – १२

हरियाणा – ९

पुडुचेरी – ९

आन्ध्र प्रदेश – ४

मध्य प्रदेश – २

तेलंगाना-१

गोवा – १

छत्तीसगढ – १

समाचार एजेन्सी पीटीआईकाअनुसार कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

रावले भने , “अवश्य पनि हामीले दक्षिण पूर्वी एसियाली देशहरूमा कोभिड-१० को बढ्दो केसहरूको बारेमा सुनेका छौं, तर त्यहाँ पनि संक्रमण हल्का रहेको छ । भारतमा रिपोर्ट गरिएका कोभिड-१९ का केसहरू पनि हल्का छन् । महाराष्ट्र र अन्य केही ठाउँमा केही मृत्यु भएका छन्, तर यी मृत्युहरू कोभिडसँग प्रत्यक्ष रूपमा सम्बन्धित छैनन् । यी केसहरूमा अन्य रोगहरू पनि थिए ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register