बिहारबाट दिल्ली जाँदै गरेको स्लिपर बसमा आगलागी : पाँच जनाको मृत्यु

काठमाडौं । भारतको लखनऊस्थित मोहनलालगञ्ज क्षेत्रमा रहेको किसान पथमा बिहारबाट दिल्ली जाँदै गरेको स्लिपर बसमा आगलागी भएको छ । बिहीबार भएको यस दुर्घटनामा पाँच जनाको मृत्यु भको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । लखनऊ (दक्षिण) का डीसीपी निपुण अग्रवालले बसमा ७० जना सवार रहेको बताए । ‘आगलागीमा परेर बसमा यात्रा गरिरहेका दुई बालबालिका र दुई […]

May 15, 2025 - 08:49
 0
बिहारबाट दिल्ली जाँदै गरेको स्लिपर बसमा आगलागी : पाँच जनाको मृत्यु

काठमाडौं । भारतको लखनऊस्थित मोहनलालगञ्ज क्षेत्रमा रहेको किसान पथमा बिहारबाट दिल्ली जाँदै गरेको स्लिपर बसमा आगलागी भएको छ ।

बिहीबार भएको यस दुर्घटनामा पाँच जनाको मृत्यु भको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

लखनऊ (दक्षिण) का डीसीपी निपुण अग्रवालले बसमा ७० जना सवार रहेको बताए ।

‘आगलागीमा परेर बसमा यात्रा गरिरहेका दुई बालबालिका र दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ । अन्य यात्रुलाई उनीहरूको गन्तव्यमा पठाइँदैछ,’ उनले भने ।

यद्यपि, आगलागी कसरी सुरु भयो भन्ने बारेमा आधिकारिक जानकारी आएको छैन ।

प्रहरीका अनुसार बसको आपतकालीन गेट नखुल्दा पछाडि बसेका यात्रुहरू समयमै बाहिर निस्कन सकेनन्, जसले गर्दा उनीहरूको जलेर मृत्यु भयो ।

समाचार एजेन्सी पीटीआईले जारी गरेको भिडियोमा बस पूर्ण रूपमा जलेको र यसको संरचना मात्र बाँकी रहेको देख्न सकिन्छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस विषयमा कारबाही गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register