बालेनलाई ३९ सदस्यको अल्टिमेटम– सात दिनभित्र कार्यपालिका बैठक बोलाउनू

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलसहित ३९ जना कार्यपालिका सदस्यले सात दिनभित्र कार्यपालिका बैठक बोलाउन मेयर बालेन शाहलाई अल्टिमेटम (समयसीमा) दिएका छन् । सोमबार बसेको अनौपचारिक बैठकले यस्तो अल्टिमेटम दिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । ४० सदस्यीय रहेको कार्यपालिकामा मेयर शाहबाहेक सबैको उपस्थिति रहेको थियो । कार्यपालिकामा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा […]

May 26, 2025 - 13:52
 0
बालेनलाई ३९ सदस्यको अल्टिमेटम– सात दिनभित्र कार्यपालिका बैठक बोलाउनू

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलसहित ३९ जना कार्यपालिका सदस्यले सात दिनभित्र कार्यपालिका बैठक बोलाउन मेयर बालेन शाहलाई अल्टिमेटम (समयसीमा) दिएका छन् ।

सोमबार बसेको अनौपचारिक बैठकले यस्तो अल्टिमेटम दिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

४० सदस्यीय रहेको कार्यपालिकामा मेयर शाहबाहेक सबैको उपस्थिति रहेको थियो । कार्यपालिकामा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ । उनीहरू अल्टिमेटका लागि सामुहिक हस्ताक्षरसमेत गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ मा ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एकपटक बस्ने व्यवस्था रहे पनि काठमाडौं महानगरको कार्यपालिका बैठक पुसदेखि बस्न सकेको छैन ।

कार्यपालिका बैठक बोलाउन घच्घच्याउँदा पनि मेयर शाहले कुनै पनि चासो नदेखाउँदा थप समस्या सिर्जना भएको सदस्यहरूको गुनासो छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register