गुगलको दाबी: एआई सर्चमा आउने विज्ञापन प्रयोगकर्ताका लागि उपयोगी
काठमाडौँ । गुगलले आफ्नो सर्च इन्जिनमा थपिएको नयाँ ‘एआई मोड’ र ‘एआई ओभरभ्यु’ फिचरमा देखाइने विज्ञापन प्रयोगकर्ताका लागि उपयोगी हुने दाबी गरेको छ । मङ्गलबार आयोजित गुगल आई/ओ कार्यक्रममा सार्वजनिक गरिएको उक्त फिचरमा देखाइने विज्ञापनको सान्दर्भिकतामाथि चर्चा गर्दै कम्पनीले यस्तो दाबी गरेको हो । हाल अमेरिकामा मात्र उपलब्ध गुगल सर्चको यो एआई मोड फिचर र विश्वभर उपलब्ध एआई ओभरभ्यु फिचरमा विज्ञापन उपलब्ध हुने कुरा कम्पनीले पहिले नै पुष्टि गरिसकेको थियो । प्रारम्भिक चरणमा यो एआई मोड फिचर नै सीमित...

What's Your Reaction?






