एनएसजेएफको नयाँ कार्यसमितिलाई एनओसीको स्वागत
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । गत महिना सम्पन्न २०औं साधारण सभा तथा निर्वाचनबाट निरञ्जन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको थियो । समितिमा पछि तीन सदस्य मनोनीत गरिएको छ । स्वागत कार्यक्रममा एनओसी अध्यक्ष […]


काठमाडौं ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
गत महिना सम्पन्न २०औं साधारण सभा तथा निर्वाचनबाट निरञ्जन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको थियो । समितिमा पछि तीन सदस्य मनोनीत गरिएको छ । स्वागत कार्यक्रममा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले दुवै संस्थाबीचको सहकार्यले नेपाली खेलकुदलाई सशक्त बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले एनओसीमा चलिरहेको विवाद समाधान गरी खेलकुदलाई स्थापित गर्नुपर्ने बताए ।
एनओसी महासचिव राजीव श्रेष्ठले सरकारी निकायको अदूरदर्शिता खेलकुदको बाधक भएको आरोप लगाउँदै सरकारसँग सहकार्यको अपेक्षा व्यक्त गरे ।
एनएसजेएफ अध्यक्ष अधिकारीले मञ्च र एनओसीबीचको सहकार्य लामो समयदेखि रहेको भन्दै भविष्यमा पनि नेपाली खेलकुदको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।
What's Your Reaction?






