डिस्ट्रिक्ट ३२५ आई नेपालका ईलेक्ट डिस्ट्रिक्ट गभर्नर पाण्डेद्वारा ८ सय ३२ सदस्यीय क्याबिनेट विस्तार

कास्की ।  लायन्स डिस्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व पाएसँगै लायन बर्ष २०२५/२६ ले पनि पूर्णता पाएको छ । “सर्भ, लिड र राइज” को नारा सहित लायन बर्ष २०२५/०२६ का लागि ईलेक्ट डिस्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले ८ सय ३२ सदस्यीय क्याबिनेट विस्तार गरेकी छन् । शुक्रबार काठमाडौँ र शनिवार पोखरामा गरी […]

Apr 5, 2025 - 09:18
 0
डिस्ट्रिक्ट ३२५ आई नेपालका ईलेक्ट डिस्ट्रिक्ट गभर्नर पाण्डेद्वारा ८ सय ३२ सदस्यीय क्याबिनेट विस्तार

कास्की ।

 लायन्स डिस्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व पाएसँगै लायन बर्ष २०२५/२६ ले पनि पूर्णता पाएको छ ।

“सर्भ, लिड र राइज” को नारा सहित लायन बर्ष २०२५/०२६ का लागि ईलेक्ट डिस्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले ८ सय ३२ सदस्यीय क्याबिनेट विस्तार गरेकी छन् । शुक्रबार काठमाडौँ र शनिवार पोखरामा गरी दुई चरणमा आयोजित क्याबिनेट अफिर्सस एनाउन्समेन्ट कार्यक्रममा आफ्ना भावी कार्यक्रम र रणनीतिसहित आफ्नो कार्यकालको नारा र लोगोसहित क्याबिनेट विस्तार सार्वजानिक गरेकी हुन् ।

गत फागुन २४ गते पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट लायन बर्ष २०२५/२६ का लागि डिस्ट्रिक्ट गभर्नर पदमा पार्वती खरेल पाण्डे, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा सूर्य कुमार के.सी. र द्वितीय भाइस गभर्नर पदमा शैलेन्द्र मोहन भट्टराईलाई सर्वसम्मत निर्वाचित गरेको थियो । निर्वाचित भए पश्चात नै ईलेक्ट डिस्ट्रिक्ट गभर्नर पाण्डेले लायन बर्ष २०२५/२६ मा आफ्नो क्याविनेटमा अत्यन्तै नजिक रहेर काम गर्नको लागि डिष्ट्रिक्टको महत्वपूर्ण पद क्याविनेट सेक्रेटरीमा राम बहादुर श्रेष्ठ, ट्रेजररमा महेन्द्र कुमार राठी, चिफ एडभाइजरमा विष्णु प्रसाद भण्डारी, पिआरओ इन चिफमा ऋषि गिरीलाई मनोनीत गरेकी थिइन् ।

त्यसैगरी, डिष्ट्रिक्टको चिफ अफ काउन्सिलरमा अमृत शोभा खत्री, महेश पाण्डे, चिफ एडमिनिट्रेटरमा जनार्जन फुयाल, हरिराज पन्त र शान्ता थापा भण्डारी, एम्बेसडर अफ गभर्नरमा सुवाष चन्द्र जोशी, डिस्ट्रिक्ट एडमिनिट्रेटरमा सूर्यनारायण बराल, सन्तोष रावल, अमृत प्रसाद तिवारी, पवित्रराज तिवारी, विनय अग्रवाल, राजु चालिसे, विना थापा सुरेन्द्रमानसिं भण्डारी, शिवराम गौतम, विन्दु घिमिरे, टंकराज अधिकारी, युवराज खनाल र सन्दीप क्षेत्री मनोनीत भएका थिए।

आगामी बर्षको क्याविनेट बिस्तार तथा जिम्मेवारी प्रति प्रतिवद्धता जनाउन आयोजित कार्यक्रममा गभर्नर पाण्डेले अन्य पदहरुमा लायन्सको बिधान अनुसार क्रमश: डिस्ट्रिक्ट चिफ एओजी, डिस्ट्रिक्ट चिफ, डिस्ट्रिक्ट एक्जुकेटिभ को-अर्डिनेटर, डिस्ट्रिक्ट काउन्सिलर, डिस्ट्रिक्ट को-अर्डिनेटर, डिस्ट्रिक्ट एडिशनल को-अर्डिनेटर, एरिया को–अर्डिनेटर, डिस्ट्रिक्ट एडिशनल क्याविनेट सेक्रेटरी, डिस्ट्रिक्ट एडिशनल क्याविनेट ट्रेजरर, डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ, डिस्ट्रिक्ट एम्बासडर, डिस्ट्रिक्ट पिआरओ, रिजन चेयरपर्सन, डिस्ट्रिक्ट डिपार्टमेन्ट अफिसर, जोन चेयरपर्सन, डिस्ट्रिक्ट चेयरपर्सन लगायतका पदहरुमा मनोनीत गरिएको हो ।

इलेक्ट डिस्ट्रिक्ट गभर्नर पाण्डेले लायन बर्ष २०२५ /०२६ को सर्भ, लिड र राइज नाराको मर्म र भावनाअनुसार सम्पूर्ण लायनहरुले आफुलाई समाज सेवाका लगि बिशिष्ट खालका सामाजीक कार्यहरुमा लगाउन आग्रह गरिन् ।

उनले भनिन्, ‘सेवा हाम्रो पहिलो प्राथमिकता हो, नेतृत्व बिना कही पनि पुग्न सकिदैन, नेतृत्वले विश्वास निर्माण गर्छ र समाजमा चिनिने मौक़ा पाउँछ ।आफ्नो मात्र सेवा गर्ने जो कोही पनि सफल नेता बन्न सक्दैन । हामी जति धेरै अरूको आवश्यकता पूरा गर्न सक्षम हुन्छौं, त्यति नै धेरै नेतृत्व गर्ने अवसरहरू प्राप्त हुन्छ र समाजमा हाम्रो प्रभाव बढ्छ।’

पाण्डेले आफ्नो कार्यकालमा गरिने योजना र कामका बारेमा प्रस्तुति राख्दै डिष्ट्रिक्टले आउँदो बर्ष बिशेष गरी महिला र युवालाई प्राथमिकतामा राखेर कार्य गरिने बताउदै यसका अलवा लायन्स लाईब्रेरी, लायन्स बिल्डिंग, मिसन १.५ लाई प्राथमिकतामा राखिएको बताईन् । उनले सेवा र सुबिधाबाट बञ्चित सर्बसाधारणलाई स्वास्थ्य, शिक्षा, वातावरण, जनचेतना अभिवृद्धि र सामाजीक जागरण ल्याउने खालका कार्ययोजनाहरु सञ्चालन ल्याईने पनि उनले बताईन् । बिगतका बर्षका कार्यलाई निरन्तरता दिदै नवीनतम ढंगले समाजमा लायन्सलाई ब्रान्डिंग हुने कामहरू गरिने बताउँदै मनोनीत पदाधिकारीहरुसँग सहयोगको प्रतिबद्धता माग गरेकीथिईन् ।

कार्यक्रममा डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट गर्भनर विनोद ढुंगाना, निवर्तमान डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पूर्व डिस्ट्रिक्ट गभर्नर राम बहादुर बसेल लगाएतले गभर्नर पाण्डे र वहाँको टीमलाई बधाई शुभकामनासहित आगामी कार्यकालका लागि हातेमालो गरी सहयोग गर्न सम्पूर्ण लायन्स लिडरहरुलाई आग्रहग र्दै कार्यकाललाई उत्कृष्ट वनाउन आव्हान गरेका थिए । उनिहरूले पद कहाँ छ भनेर मध्ये नज़र गर्ने हैन, प्राप्त भूमिकालाई कुशलताका साथ निर्वाह गरेमा मात्र क्षमता स्किल थाह हुने भनाई राखेका थिए ।

रिजन ३ का रिजन चेयरपर्सन एवं लायन बर्ष २०२५/२६ का मनोनीत डिस्ट्रिक्ट एडिशनल क्याविनेट सेक्रेटरी ज्ञान बहादुर रानाको संचालन रहेको कार्यक्रममा ईलेक्ट द्वितीय भाईस डिस्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराईले स्वागत र मनोनीत जोन चेयरपर्सन संगीता पाण्डेले ध्वजाको अभिवादन पाठ गरेकी थिइन् ।

बिश्वका २१२ मुलुकमा संगठन बिस्तार गरी सकेको बिश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्सको संस्थापक अमेरिकन नागरिक मेल्भिन जोन्स हुन् । उनले सन १९१७ मा अमेरिकाको सिकागो शहरबाट लायनवादको शुरुवात गरेका थिए भने नेपालमा पुर्ब प्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाले सन् १९७१ मा आफ्नै अध्यक्षतामा लायन्स क्लव अफ बिराटनगरको स्थापना गरी नेपालमा लायनवाद भित्राएका थिए ।निस्वार्थ मानवीय सेवा गर्ने उद्देश्यले स्थापना भएको विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स अर्न्तराष्ट्रियमा करिब १४ लाख बढी र नेपालमा करिब ४६ हजार बढी लायन्स सदस्यहरु रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register