विपक्षीले पनि स्वागत गरेका बजेटका यी पक्ष

काठमाडौं । कांग्रेस र एमाले गठबन्धन सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुनेमा सत्तारूढ सांसदले नै अविश्वास प्रकट गरेका छन् । बजेट घोषणालगत्तै संसद् भवनबाहिर प्रारम्भिक प्रतिक्रिया दिँदै उनीहरूले बजेट कार्यान्वयन हुने अविश्वास व्यक्त गरेका हुन् । कांग्रेस सांसद अर्जुन नरसिंह केसीले कार्यकर्ता र जनता खुसी बनाउने बहानामा विकासे बजेट छर्ने परम्परा तोडेर सरकारले […]

May 29, 2025 - 15:08
 0
विपक्षीले पनि स्वागत गरेका बजेटका यी पक्ष

काठमाडौं । कांग्रेस र एमाले गठबन्धन सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुनेमा सत्तारूढ सांसदले नै अविश्वास प्रकट गरेका छन् । बजेट घोषणालगत्तै संसद् भवनबाहिर प्रारम्भिक प्रतिक्रिया दिँदै उनीहरूले बजेट कार्यान्वयन हुने अविश्वास व्यक्त गरेका हुन् ।

कांग्रेस सांसद अर्जुन नरसिंह केसीले कार्यकर्ता र जनता खुसी बनाउने बहानामा विकासे बजेट छर्ने परम्परा तोडेर सरकारले सकरात्मक सुरूवात गरेको बताए । कृषिको वृहत आधुनिकीकरण र अर्थतन्त्र रूपान्तरणमा सरकारले बजेटमा प्रभावकारी सम्बोधन नगरेको उनको भनाइ छ । ‘अहिले जुन खालको आर्थिक र वित्तीय अनुशासनहीनता छ त्यसलाई तोड्ने कुरामा विश्वस्त हुन सकिएन । बजेट घाटा रहेको परिस्थितिमा सरकारले २ खर्ब बढी विदेशी ऋण उठाउने कुरा गरेको छ । वैदेशिक क्षेत्रमा आएका नीतिगत परिवर्तनका कारण त्यो रकम उठ्ने सम्भावना देखिँदैन,’ उनले भने ।

सरकारले बजेट घाटा पूर्तिका लागि २ खर्ब ३३ अर्ब ६६ करोड वैदेशिक ऋण उठाउने लक्ष्य लिएको छ ।

सत्ताको नेतृत्वकर्ता दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि कार्यान्वयन पक्षमा सबल भएमा मात्रै बजेटले सार्थकता पाउने बताए । भौतिक पूर्वाधारको स्तरोन्नति, अनावश्यक चालु खर्च कटौती, सुशासन र सेवा प्रवाहका सुदृढीकरणमा प्रत्याभूतिका विषय बजेटको सकरात्मकपक्ष रहेको बताए ।

‘मुलुकको आर्थिक सीमिततालाई ध्यानमा राख्दै सन्तुलित बजेट आएको छ । यसको कार्यान्वयन हुनसक्यो भने मात्रै बजेटमा डिपार्चर हुनेछ । बजेटमा प्रश्न गर्नुपर्ने कुनै ठाउँ छैन । कार्यान्वयनको पाटोमा भने ध्यान दिनुपर्नेछ,’ उनले भने ।

प्रतिपक्षी माओवादी केन्द्रले पनि विकासे आयोजनामा जथाभावी बजेट वितरणलाई अन्त्य गर्न खोजेर सरकारले राम्रो काम गरेको प्रतिक्रिया दिएको छ । विद्युतीय सवारी साधानमा कर नबढाएर सरकारले राम्रो गरेको माओवादीको मत छ । स्टार्टअप र आईटीलाई दिएको प्राथामिकताबारे उसले सकरात्मक भनेको छ । समग्र बजेटबारे प्रतिक्रिया दिँदै माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले भनेका छन्, ‘बलियो सरकारले अलि आशा जगाउने हिसाबले बजेट ल्याउनुपर्थ्यो । बजेटका फोकस एरिया थाहा पाउन सकिएन,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले बजेटमा सरकारलाई आफ्नो दलले शंकाको सुविधा दिएको बताएका छन् । सरकारले बजेटमा गरेका केही सुधार राम्रै रहेको उनले बताए । आर्थिक मन्दीको अवस्थामा खर्च बचाउने केही नीतिगत घोषणा, सम्पत्ति व्यवस्थापन, आईटी क्षेत्रमा सरकारले बजेटमा सम्बोधन राम्रो कुरा रहेको उनले बताए ।

‘बजेटमा रहेका कतिपय बेथितिलाई सच्याउने पहल गरेकाले हाम्रो दलले अहिले सरकारलाई शंकाको सुविधा दिएको छ । करको दायरा हेरफेर गर्दै लगानीको वातावरण बनाउन खोज्ने कुरा राम्रै छ । बजेटमा बोलेको कुरालाई कार्यान्वयन गर्नुभयो भने हाम्रो समर्थन नै रहन्छ । तर, दायाँबायाँ गरियो भने हामी खबरदारी गर्ने नै छौँ,’ वाग्लेले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register