वाम एकताबारे ओली : दुईतिहाइ कम्युनिस्ट पार्टीलाई चक्नाचुर पार्नेहरूसँग सहकार्य संभव छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईतिहाइको कम्युनिस्ट पार्टीलाई चक्नाचुर पार्नेहरूसँग वाम एकता हुन नसक्ने बताएका छन् । पार्टीको बागमती प्रदेशस्तरीय वडाध्यक्षका लागि आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हाम्रा केही साथीहरूलाई वाम एकता चाहिएको छ । दुईतिहाइको कम्युनिस्ट पार्टीलाई ध्वस्त पार्दै एमालेको सरकार ढालेर काङ्ग्रेससँग बिन्तीपत्र चढाउन जानेहरूसँग […]

May 25, 2025 - 08:59
 0
 वाम एकताबारे ओली : दुईतिहाइ कम्युनिस्ट पार्टीलाई चक्नाचुर पार्नेहरूसँग सहकार्य संभव छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईतिहाइको कम्युनिस्ट पार्टीलाई चक्नाचुर पार्नेहरूसँग वाम एकता हुन नसक्ने बताएका छन् ।

पार्टीको बागमती प्रदेशस्तरीय वडाध्यक्षका लागि आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हाम्रा केही साथीहरूलाई वाम एकता चाहिएको छ । दुईतिहाइको कम्युनिस्ट पार्टीलाई ध्वस्त पार्दै एमालेको सरकार ढालेर काङ्ग्रेससँग बिन्तीपत्र चढाउन जानेहरूसँग के को  वाम एकता?’ उनको प्रश्न छ ।

एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुर्‍याउने अभिव्यक्ति दिने र पार्टीलाई भित्तामा पुर्‍याउँछु भन्नेहरूलाई समावेश गर्दै वाम एकता नहुने उनले बताए ।

आफूबारे अफवाह फैलाउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि समावेश गरेर वाम एकताको पक्षमा आफू नरहेको उनको भनाइ छ । ‘केपी ओलीको कम्बोडियामा लगानी छ भनेर अफवाह फैलाउने प्रचण्ड हुन् । अफवाह फैलाउनेहरूसँग, एमालेलाई धुलो चटाउछौँ भन्नेहरूसँग के को वाम एकता ?’ उनको प्रश्न छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register