संसद्को अवरोध हटाउन सभामुखको पहल, कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

काठमाडौं। प्रतिनिधिसभामा जारी विपक्षी दलहरूको अवरोध हटाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरेले छलफल र बैठक आह्वान गरेका छन्। संसद्को गतिरोध अन्त्य गर्ने, आगामी बजेटमाथिको छलफलको समय निर्धारण गर्ने र संसद्को कार्यतालिका तय गर्ने उद्देश्यले बैठकहरू बोलाइएको सभामुखको सचिवालयले जनाएको छ। सभामुख घिमिरेले शुक्रबार बिहान ११ बजे दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन्। त्यसलगत्तै आजै […]

May 30, 2025 - 05:35
 0
संसद्को अवरोध हटाउन सभामुखको पहल, कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

काठमाडौं। प्रतिनिधिसभामा जारी विपक्षी दलहरूको अवरोध हटाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरेले छलफल र बैठक आह्वान गरेका छन्। संसद्को गतिरोध अन्त्य गर्ने, आगामी बजेटमाथिको छलफलको समय निर्धारण गर्ने र संसद्को कार्यतालिका तय गर्ने उद्देश्यले बैठकहरू बोलाइएको सभामुखको सचिवालयले जनाएको छ।

सभामुख घिमिरेले शुक्रबार बिहान ११ बजे दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन्। त्यसलगत्तै आजै मध्याह्न १२ बजे सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी सांसदहरूले लगातार प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्। यद्यपि, बिहीबार बजेट प्रस्तुतिका क्रममा भने उनीहरूले कुनै अवरोध सिर्जना गरेनन् ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ २० गते बिहान ११ बजे बस्ने तय भएको छ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register