माइतीघर क्षेत्रमा राजावादीहरूको प्रदर्शन

काठमाडौं । राप्रपा, राप्रपा नेपाललगायतका राजावादीहरूले शुक्रबार काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन् । उनीहरूले राजसंस्था पुनःस्थापनाका लागि भन्दै काठमाडौंमा अनिश्तिकालीन प्रदर्शन गर्ने घोषणा गरेअनुसार बिहीबार सुरु गरिएको प्रदर्शनलाई शुक्रबार पनि निरन्तरता दिएका हुन् । प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताहरू सहभागी छन् । बिहीबार रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका उनीहरू […]

May 30, 2025 - 09:05
 0
माइतीघर क्षेत्रमा राजावादीहरूको प्रदर्शन

काठमाडौं । राप्रपा, राप्रपा नेपाललगायतका राजावादीहरूले शुक्रबार काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन् । उनीहरूले राजसंस्था पुनःस्थापनाका लागि भन्दै काठमाडौंमा अनिश्तिकालीन प्रदर्शन गर्ने घोषणा गरेअनुसार बिहीबार सुरु गरिएको प्रदर्शनलाई शुक्रबार पनि निरन्तरता दिएका हुन् ।

प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताहरू सहभागी छन् । बिहीबार रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका उनीहरू शुक्रबार माइतीघर क्षेत्रमा आएका हुन् ।

प्रदर्शनका लागि देशका विभिन्न जिल्लाबाट राजावादी पार्टी तथा समूहका समर्थकहरू काठमाडौं आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register