मच्छिन्द्रलाई हराउँदै पुलिसले जित्यो वीरगञ्ज गोल्डकपको उपाधि

वीरगञ्ज । दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । वीरगञ्जको आदर्शनगर रङ्गशालामा शनिबार भएको फाइनल खेलमा विजेता नेपाल पुलिस क्लबले मच्छिन्द्र फुटबल क्लबलाई ‘ट्राइब्रेकर’मा ३–० गोल अन्तरले हराउँदै दोस्रो पटक पनि उपाधिमाथि कब्जा जमाएको हो । खेलको निर्धारित समयमा दुवै टोलीका तर्फबाट १–१ गोलको बराबरीमा खेल टुङ्गिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो […]

Mar 9, 2025 - 01:30
 0
मच्छिन्द्रलाई हराउँदै पुलिसले जित्यो वीरगञ्ज गोल्डकपको उपाधि

वीरगञ्ज । दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । वीरगञ्जको आदर्शनगर रङ्गशालामा शनिबार भएको फाइनल खेलमा विजेता नेपाल पुलिस क्लबले मच्छिन्द्र फुटबल क्लबलाई ‘ट्राइब्रेकर’मा ३–० गोल अन्तरले हराउँदै दोस्रो पटक पनि उपाधिमाथि कब्जा जमाएको हो ।

खेलको निर्धारित समयमा दुवै टोलीका तर्फबाट १–१ गोलको बराबरीमा खेल टुङ्गिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । खेलको १३औँ मिनेटमा मच्छिन्द्र क्लबका समिराज थोकरले ‘हेड’मार्फत गोल गरेर अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ५८औँ मिनेटमा नेपाल पुलिस क्लबका विकास विकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

पुलिस क्लबका तर्फबाट ट्राइब्रेकरमा कप्तान रामचन्द्र वाजी, सञ्जीव लामा र अमित टमटाले गोल गरेका थिए । उज्ज्वल राईको ‘पेनाल्टीसुट’ गोलमा परिणत हुन सकेन ।

त्यस्तै, मच्छिन्द्र क्लबका तर्फबाट ट्राइब्रेकरमा विशाल राई, दिवाकर चौधरी र समिराज थोकरले गोलमा परिणत गर्न सकेनन् । वीरगञ्ज गोल्डकपको विजेता बनेको नेपाल पुलिस क्लवले ११ लाख ११ हजार एक सय रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यसैगरी, उपविजेता बनेको मच्छिन्द्र क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा पुलिस क्लबका कप्तान रामचन्द्र वाजी सर्वोकृष्ट खेलाडी घोषित हुँदै इलेक्ट्रिक स्कुटर हात पारे ।

पुलिस क्लबका अमित टमता उत्कृष्ट गोलरक्षक बने । त्यस्तै उत्कृष्ट प्रशिक्षक पनि पुलिस क्लबकै चेतन घिमिरे भएका छन् । उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद २० हजार रुपैयाँ पुरस्कृत गरियो । फाइनल खेलमा ‘म्यान अफ दी म्याच’ भने मच्छिन्द्र क्लबका समिराज थोकर बने । उनले नगद १० हजार रुपैयाँ पुस्कार प्राप्त गरे ।

वीरगञ्ज महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पर्साका प्रहरी प्रमुख गौतम मिश्रलगायतले खेलाडीलाई मेडल र ट्रफी हस्तान्तरण गरेका हुन् । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत कर्णका अनुसार महानगरले खेलकुदको विकास र प्रवर्द्धनका लागि योजनाबद्ध काम गर्दै आइरहेको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register