अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा संगीता प्रधानको शास्त्रीय गायन प्रस्तुती ।

जेठ १६, काठमाण्डौ । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ३५ औं श्रृंखलामा बरिष्ठ गायिका संगीता राणा प्रधानले शास्त्रीय गायनमा राग रागेश्वरी प्रस्तुत गर्नु भएको छ । उहाँलाई सो गायनमा सारङ्गीमा परशुराम भण्डारी, तबलामा मिलेश तन्डुकार, हारमोनयमा तिर्थराज पोखरेल र तानपुरामा सुदेशा बिष्टले साथ गर्नु भएको थियो ।
यस अघि प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी प्राज्या आचार्य, सान्भी आचार्य, अवनी उप्रेती र कर्णिका निरौलाले भायलिनमा गुरु बन्दनाा प्रस्तुत गरेका थिए ।उनीहरुलाई तबलामा शसिल पराजुलीले साथ दिएका थिए ।
यसैविच कार्यक्रम शुरु हुने अघि आजै दिवंगत हुनु भएका प्रतिष्ठानका आजीवन सदस्य विजय चालिसेको सम्मानमा एक मिनट मौन धारण गरिएको थियो ।
कार्यक्रम पछि बरिष्ठ सितार बादिका तथा आजको कार्यक्रमकी प्रमुख अतिथी शुसिला अमात्यले कलाकारहरुलाई प्रतिष्ठानको तर्फबाट सम्मान गर्नु भएको थियो ।
शास्त्रीय संगीतलाई जीवन्त राख्न अनवरत सक्रिय यस प्रतिष्ठानले आफनै पहलमा हरेक नेपाली महिनाको १५ गते काठमाडौंको वडा नं ८ को गौरीघाटस्थित प्रतिष्ठानको आफनै भवनमा विगत ३५ महिना देखि अनवरत रुपमा शास्त्रीय गायन, ताल बादन र सुर बादनमा विभिन्न कलाकारहरुबाट शास्त्रीय संगीतको कार्यक्रमको आयोजना गर्दै आएको छ ।
प्रतिष्ठानले आगामी असार १५, २०८२ मा आफनो स्थापनाको तेश्र्रौ वार्षिक दिवस मनाउँदैछ ।
What's Your Reaction?






