गुजरातलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा, फाइनल प्रवेशका लागि पञ्जाबसँग प्रतिस्पर्धा

काठमाडौं । गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । शुक्रबार राति मुल्लानपुरमा भएको एलिमिनेटर खेलमा मुम्बईले गुजरातलाई २० रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२८ रन बनायो । मुम्बईका लागि रोहित शर्माले अर्धशतक बनाए । उनले […]

May 31, 2025 - 01:23
 0
गुजरातलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा, फाइनल प्रवेशका लागि पञ्जाबसँग प्रतिस्पर्धा

काठमाडौं । गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ ।

शुक्रबार राति मुल्लानपुरमा भएको एलिमिनेटर खेलमा मुम्बईले गुजरातलाई २० रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२८ रन बनायो । मुम्बईका लागि रोहित शर्माले अर्धशतक बनाए । उनले ५० बलमा सर्वाधिक ८१ रन जोडे ।

यससँगै गुजरातलाई २२९ रनको लक्ष्य पायो । यद्यपि गुजरातले पूरै ओभर खेल्नका बाबजुद ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो ।

साई सुदर्शन र वाशिंगटन सुन्दरको विस्फोटक ब्याटिङले पनि गुजरातलाई जित दिलाउन सकेन ।

सुदर्शनले अर्धशतक बनाए । उनले ४९ बलमा एक छक्का र १० चौकाको मद्दतले ८० रनको सर्वाधिक स्कोर जाेडे । सुन्दरले २४ बलमा ४८ रन बनाए ।

मुम्बईका लागि ट्रेन्ट बोल्टले सर्वाधिक दुई विकेट लिए ।

अब पाँच पटकको विजेता मुम्बईले क्वालिफायर– २ मा पञ्जाब किंग्सको सामना गर्नेछन् । क्वालिफायर– २ आइतबार हुनेछ ।

शुक्रबार राति मुम्बईसँग पराजित भएपछि गुजरात भने प्रतियोगिताबाट बाहिरिएको छ ।

क्वालिफायर– २ को विजेताले रोयल च्यालेन्जर्स बैंगलोरसँग उपाधि भिडन्त गर्नेछ । फाइनल खेल मंगलबार हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register