विद्या भण्डारीको चीन भ्रमणबारे उद्योगमन्त्री भन्छन्– अहिलेको गठबन्धनसँग चीन खुसी छ

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी सोमबार काठमाडौं फर्किएकी छिन् । चीनमा उच्चस्तरीय राजनीतिक भेटघाट भएकाले यो भ्रमण उपलब्धिमूलक रहेको भ्रमण दलमा रहेका उद्योगमन्त्री दामोदर भण्डारीले बताएका छन् । त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पूर्वउपराष्ट्रपतिका रूपमा भण्डारीलाई चीनमा उच्च सम्मान प्राप्त भएको बताए । एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीको यो भ्रमणमा […]

Jun 2, 2025 - 06:35
 0
विद्या भण्डारीको चीन भ्रमणबारे उद्योगमन्त्री भन्छन्– अहिलेको गठबन्धनसँग चीन खुसी छ

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी सोमबार काठमाडौं फर्किएकी छिन् । चीनमा उच्चस्तरीय राजनीतिक भेटघाट भएकाले यो भ्रमण उपलब्धिमूलक रहेको भ्रमण दलमा रहेका उद्योगमन्त्री दामोदर भण्डारीले बताएका छन् । त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पूर्वउपराष्ट्रपतिका रूपमा भण्डारीलाई चीनमा उच्च सम्मान प्राप्त भएको बताए ।

एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीको यो भ्रमणमा सरकार र पार्टी दुवैको प्रतिनिधित्व भएकाले त्यसैअनुसार चिनियाँपक्षबाट आपसी सम्बन्ध बलियो बनाउने दिशामा सकरात्मक सन्देश पाएको मन्त्री भण्डारीले बताए ।

उनले नेपालमा चर्चा चलेजस्तो एमाले र माओवादी केन्द्रलगायतका कम्युनिस्ट पार्टीको एकता चीनले चाहेको भन्ने विषय नआएको दाबी गरे । उनले उच्चस्तरीय वार्ताहरूमा द्विपक्षी हितका विषयमा मात्र कुरा भएको उल्लेख गरे । उनले आर्थिक कूटनीतिलाई बलियो बनाउन यो भ्रमण सफल भएको दाबी गरे । उनले यो भ्रमण सद्भाव भ्रमण मात्र भएको पनि बताए ।

मन्त्री भण्डारीले नेपालमा बलियो गठबन्धनको सरकार रहेकोमा चिनियाँपक्ष खुसी रहेको आफूले पाएको बताए ।

पूर्वराष्ट्रपति भण्डारीले पत्रकारहरूले सोधेको प्रश्नमा भ्रमण राम्रो भएको प्रतिक्रिया दिइन् ।

भण्डारी यही जेठ १० गते एमाले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएकी थिइन् । भ्रमण दलमा एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी र नेता कर्णबहादुर थापालगायत थिए ।

चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले उच्चस्तरीय भेटवार्ता गरेकी थिइन् । उनले शनिबार गान्सु प्रदेशमा चिनियाँ उपराष्ट्रपति हान चेङसँग भेटवार्ता गरेकी थिइन् । भण्डारीले सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओसँग पनि भेटवार्ता गरेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register