सहमति भइसक्दा पनि सार्वजनिक यातायात बन्द गर्नु अनुचित – यातायातमन्त्री

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारसँग सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु उचित नभएको बताएका छन् । सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा उनले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न अनुरोध गर्ने र नियमावली स्थगन भएपछि संघीय कानुनमार्फत व्यवस्थित गर्ने सहमति भएपनि सहमति कार्यान्वयन नगरेर यातायात बन्द […]

Jun 3, 2025 - 08:10
 0
सहमति भइसक्दा पनि सार्वजनिक यातायात बन्द गर्नु अनुचित – यातायातमन्त्री

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारसँग सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु उचित नभएको बताएका छन् ।

सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा उनले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न अनुरोध गर्ने र नियमावली स्थगन भएपछि संघीय कानुनमार्फत व्यवस्थित गर्ने सहमति भएपनि सहमति कार्यान्वयन नगरेर यातायात बन्द गर्नु उचित नभएको बताएका हुन् ।

दाहालले यातायात बन्द गर्ने यातायात व्यवसायीको कदम गलत रहेको स्पष्ट पारे । राइड सेयरिङले जनतालाई सेवा दिइरहेकाले नियमनको दायरामा ल्याउन खोजिएको उनको भनाइ छ ।

मन्त्री दाहालले सरकारसँग आफ्ना कुराहरु राख्दै जिम्मेवार भएर अघि बढ्न यातयात व्यवसायीलाई आग्रहसमेत गरे ।

चलेनन् सार्वजनिक यातायात (तस्वीरहरू)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register