कामपाको सवारीसाधन सुटिङमा

काठमाडौं । काठमाडौं महानगरपालिकामा सोमबार अचम्मको घटना भयो । अर्जुन घिमिरे पाँडेको ‘झरिपछिको इन्द्रेणी’ चलचित्र सुटिङ गर्न भक्तपुर पुगेको काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका ३ वटा सवारी साधन सुटिङ नगरी सुटिङ स्थलबाट फर्काइए । चलचित्र सुटिङ गर्न आइतबार काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागको सवारी साधन मागिएलगत्तै कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले कामपा वातावरण विभाग टेकु […]

Aug 19, 2025 - 02:42
 0
कामपाको सवारीसाधन सुटिङमा

काठमाडौं ।

काठमाडौं महानगरपालिकामा सोमबार अचम्मको घटना भयो । अर्जुन घिमिरे पाँडेको ‘झरिपछिको इन्द्रेणी’ चलचित्र सुटिङ गर्न भक्तपुर पुगेको काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका ३ वटा सवारी साधन सुटिङ नगरी सुटिङ स्थलबाट फर्काइए ।

चलचित्र सुटिङ गर्न आइतबार काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागको सवारी साधन मागिएलगत्तै कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले कामपा वातावरण विभाग टेकु ट्रान्सफर स्टेसनका अनुगमन प्रमुख महानगर प्रहरीका डीएसपी मीनबहादुरलाई सुटिङस्थलमा सवारी साधन पठाइदिन मौखिक आदेश दिनुभयो ।

उक्त आदेशको पालना गर्दै सोमबार बिहान डीएसपी थापाले तीनवटा सवारी साधन र केही फोहोर व्यवस्थापनका कर्मचारी सुटिङ स्थलमा पठाउनुभयो ।

यसैबीच चलचित्र सुटिङ गर्न महानगरको सवारी साधन प्रयोग गर्न लागेको विषय हल्लीखल्ली भयो । बिहान कार्यालय खुल्नासाथ प्रमुख प्रशासकीय अधिकृत गुरागार्इंले प्रहरी प्रमुख राजुनाथ पाण्डेसँग सुटिङ गर्न महानगरको अत्यावश्यक सवारी साधन लगेको विषयमा जानकारी लिँदै कस्को आदेशमा सवारी साधन पठाएको भनेर सोधेपछि प्रहरी प्रमुख पाण्डे अक्क न बक्क हुनुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत गुरागार्इंले ‘नियमअनुसार पठाउनुभएको हो ? पत्र आएको थियो त ? यसरी कानुनविपरीत कुनै काम नगर्नुस्’ भनेपछि प्रहरी प्रमुख पाण्डेले डीएसपी थापालाई सबै सवारी साधन फर्काउन आदेश दिनुभएको थियो । त्यसपछि सुटिङ स्थलको लागि प्रस्थान गरेको सवारी साधन फिर्ता भए ।

सवारी अनुगमनको जिम्मा पाएका कामपाका डीएसपी थापाले आदेशअनुसार आफूले सवारी साधन पठाएको र पछि फिर्ता बोलाएको बताउनुभयो । उहाँले लिखितपत्र नभए पनि प्रहरी प्रमुख पाण्डे र वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईलाई जानकारी गराएको बताउनुभयो ।

स्रोतका अनुसार सवारीसाधन पठाउनुअघि सवारी साधन माग्नेले आधिकारिक पत्र पठाउनुपर्ने व्यवस्था छ । सोही पत्रका आधारमा प्रपअले सवारी साधन पठाउने कि नपठाउने विषयमा आदेश दिनेछन् । तर, केही पनि प्रक्रिया पूरा नगरी प्रहरी प्रमुख पाण्डेले सवारी पठाउनुभएको हो ? भन्ने विषयमा नेपाल समाचारपत्रको प्रश्नमा प्रहरी प्रमुख पाण्डेले भन्नुभयो– ‘यो विषयमा वातावरण व्यवस्थापन विभाग प्रमुखलाई सोध्नुस् ।’ तर पाण्डेले विभाग प्रमुखलाई जानकारी नदिई सवारी साधन पठाएको बुझिएको छ ।

सुटिङको लागि सवारी साधन मागेको विषयमा अर्जुन घिमिरेलाई सोध्दा उहाँले यस विषयमा आफूलाई जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘म त सुटिङमै छु, हेर्न आउनुस् । सवारी साधन आए, गए, फिर्ता भए नभएको विषयमा मलाई जानकारी छैन ।’ तपार्इंले नै माग्नुभएको रे नि ? भन्ने प्रश्नमा उहाँको जवाफ थियो– ‘मैले निवेदन दिएको छु र ?

मैले मागेको होइन ।’ हास्य कलाकार घिमिरे मेयर बालेन्द्र साहको फोहोर व्यवस्थापन सल्लाहकारको रूपमा कार्यरत हुनुहन्छ । यस विषयमा प्रमुख प्रशासकीय अधिकृत गुरागार्इंसँग जानकारी लिँदा उहाँले भन्नुभयो– ‘कानुनअनुसार सवारी साधन पठाइएको हो वा होइन भन्ने विषयमा महानगर प्रहरी प्रमुख र वातावरण व्यवस्थापन विभागका प्रमुख राईसँग जानकारी लिएको हुँ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register