यस वर्षको मनसुनजन्य विपद्‌बाट करिब २० लाख सर्वसाधारण प्रभावित हुनसक्ने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपद्‌बाट करिब २० लाख सर्वसाधारण प्रभावित हुनसक्ने आकलन गरेको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाका बारेमा जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले यस वर्ष सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण रहेकोले करिब २० लाख सर्वसाधारण सर्वसाधारण प्रभावित हुन आकलन […]

Jun 3, 2025 - 12:38
 0
यस वर्षको मनसुनजन्य विपद्‌बाट करिब २० लाख सर्वसाधारण प्रभावित हुनसक्ने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपद्‌बाट करिब २० लाख सर्वसाधारण प्रभावित हुनसक्ने आकलन गरेको छ ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाका बारेमा जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले यस वर्ष सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण रहेकोले करिब २० लाख सर्वसाधारण सर्वसाधारण प्रभावित हुन आकलन रहेको जनाएको हो ।

प्राधिकरणको कार्ययोजनामा यस वर्षको मनसनुजन्य विपद्‌बाट देशभर करिब ४ लाख ५७ हजार १ सय ४५ घरधुरीका १९ लाख ९७ हजार ७ सय ३१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ । त्यसमध्ये २ लाख जना प्रत्यक्ष प्रभावित हुने देखिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए ।

विपद् जोखिम न्युनीकरणका लागि मनसुन सुरु हुने बित्तिकै केन्द्रदेखि स्थानीय तहमा प्रतिकार्य कमाण्ड पोष्ट सक्रिय हुने उनको भनाइ छ । केसीले खोज तथा उद्धारका लागि बेलिब्रिज, र्‍याफ्टिङ बोट र हेभी इक्यूपमेन्टसहितका सामग्रीहरु प्रयाप्त मौज्दात राखिएको बताए । मनसुन प्रतिकार्यका लागि सबै स्थानीय तहलाई सक्रिय बनाउने गरि परिपत्रसमेत जारी भइसकेको उनले जानकारी दिए ।

त्यस्तै, केन्द्रीय र जिल्ला विपद् व्यवस्थापन कोषमा प्रयाप्त मौज्दातको सुनिश्चितता गरिएको प्राधिकरणले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register