इस्तानबुलनजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला

इस्तानबुल । टर्कीएको इस्तानबुलनजिकै कृष्ण सागर (ब्ल्याक सी)को तटमा तैरिरहेको समुद्री माइन फेला परेको राज्य समाचार एजेन्सी एनाडोलुले जनाएको छ । उक्त विस्फोटक उपकरणलाई सोमबार नष्ट गरिएको छ । इस्तानबुलको उत्तरपूर्वस्थित बोस्फोरस स्ट्रेट कृष्ण सागरमा प्रवेश गर्ने विन्दुबाट करिब ५० किलोमिटर पूर्वमा आग्वाको तटमा आइतबार यो उपकरण फेला परेको थियो । रुसले सन् २०२२ फेब्रुअरीमा […]

Dec 24, 2024 - 00:56
 0
इस्तानबुलनजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला

इस्तानबुल । टर्कीएको इस्तानबुलनजिकै कृष्ण सागर (ब्ल्याक सी)को तटमा तैरिरहेको समुद्री माइन फेला परेको राज्य समाचार एजेन्सी एनाडोलुले जनाएको छ । उक्त विस्फोटक उपकरणलाई सोमबार नष्ट गरिएको छ ।

इस्तानबुलको उत्तरपूर्वस्थित बोस्फोरस स्ट्रेट कृष्ण सागरमा प्रवेश गर्ने विन्दुबाट करिब ५० किलोमिटर पूर्वमा आग्वाको तटमा आइतबार यो उपकरण फेला परेको थियो ।

रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेदेखि युद्धरत दुवै पक्षले आफ्नो तटीय क्षेत्र सुरक्षित गर्न माइनहरू तैनाथ गरेका छन् । तर ती प्रायः आँधीका कारण विस्थापित भएका छन् ।

व्यापारिक र सैन्य ढुवानी दुवैका लागि खतरालाई ध्यानमा राख्दै समुद्रको सिमानामा रहेका नाटो सदस्य टर्की, बुल्गारिया र रोमानियाले माइन निष्क्रिय गर्ने कार्यको निरीक्षण गर्न माइन काउन्टरमेजर्स नेभल ग्रुप (एमसीएम ब्ल्याक सी) स्थापना गरेका छन् । यसले जुलाई १ देखि काम सुरु गरेको थियो ।

रोमानियाको रक्षा मन्त्रालयले यस महिना युद्ध सुरु भएदेखि कूल एक सय सात वटा तैरिरहेका माइन फेला परेको र नष्ट गरिएको बताएको छ ।

गत महिना टर्कीका भाइस–एडमिरल मुस्तफा कयाले पत्रकारहरूलाई बताएअनुसार कृष्ण सागरमा हालै चार सयभन्दा बढी माइन बिछ्याइएका थिए । तीमध्ये केही बगेर गएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register