न्यायपरिषद्को आकस्मिक बैठक बस्दै, आलमलाई सफाइ दिने न्यायाधीशमाथि छलफल हुने

काठमाडौं । न्यायपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ। न्यायपरिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बुधबार  बैठक बोलाउन  निर्देशन दिएको न्यायपरिषद् स्रोतले जानकारी दिएको छ । केही दिनअघि सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक बैठकमा कांग्रेस सांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि  छानबिन प्रक्रिया अघि बढाउने विषयमा कुरा उठेको […]

Jun 4, 2025 - 04:28
 0
न्यायपरिषद्को आकस्मिक बैठक बस्दै, आलमलाई सफाइ दिने न्यायाधीशमाथि छलफल हुने

काठमाडौं । न्यायपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ। न्यायपरिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बुधबार  बैठक बोलाउन  निर्देशन दिएको न्यायपरिषद् स्रोतले जानकारी दिएको छ ।

केही दिनअघि सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक बैठकमा कांग्रेस सांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि  छानबिन प्रक्रिया अघि बढाउने विषयमा कुरा उठेको थियो।

न्यायपरिषद्‍मा उनीहरुविरुद्ध छानबिन हुनुपर्ने मागसहित उजुरी परेपछि र चौतर्फी  प्रश्न उठ्न थालेपछि सदस्यहरूसँगको परामर्शमा प्रधानन्यायाधीशले बैठकको मिति तय गरेको स्रोतको दाबी छ । न्यायपरिषद्‍ले मुद्दाको मिसिलसमेत मगाइसकेको बताइएको  छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको न्यायपरिषद्‍मा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, सदस्यहरू रामप्रसाद भण्डारी र दामोदर खड्का अनि कानूनमन्त्री अजयकुमार चौरसिया सदस्य छन्।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register