सना युसुफ : मित्रताको प्रस्ताव अस्वीकार गर्दा मारिइन्

काठमाडौं । इस्लामाबाद प्रहरीले १७ वर्षीया टिकटकर सना युसुफको हत्या आरोपमा २२ वर्षीय पुरुषलाई पक्राउ गरेको दाबी गरेको छ । सोमबार पाकिस्तानको राजधानी इस्लामाबादस्थित उनकै घरमा सनामाथि गोली प्रहार भएको थियो । इस्लामाबादका आईजी (प्रहरी महानिरीक्षक) सैयद अली नासिर रिजवीका अनुसार आरोपितलाई फैसलाबादबाट पक्राउ गरिएको हो । ती व्यक्तिको साथबाट सनाको मोबाइल पनि बरामद गरिएको […]

Jun 4, 2025 - 06:40
 0
सना युसुफ : मित्रताको प्रस्ताव अस्वीकार गर्दा मारिइन्

काठमाडौं । इस्लामाबाद प्रहरीले १७ वर्षीया टिकटकर सना युसुफको हत्या आरोपमा २२ वर्षीय पुरुषलाई पक्राउ गरेको दाबी गरेको छ ।

सोमबार पाकिस्तानको राजधानी इस्लामाबादस्थित उनकै घरमा सनामाथि गोली प्रहार भएको थियो ।

इस्लामाबादका आईजी (प्रहरी महानिरीक्षक) सैयद अली नासिर रिजवीका अनुसार आरोपितलाई फैसलाबादबाट पक्राउ गरिएको हो । ती व्यक्तिको साथबाट सनाको मोबाइल पनि बरामद गरिएको छ ।

पत्रकार सम्मेलन गर्दै आईजी रिजवीले भने, “प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ कि आरोपीले सनालाई मन पराउँथे र उनीसँग साथी बन्न चाहन्थे, तर सनालाई यो मन परेन । सनाले आरोपितको मित्रताको प्रस्ताव धेरै पटक अस्वीकार गरेको देखियो । आरोपित धेरै दिनदेखि फोन र सामाजिक सञ्जालमार्फत सनालाई सम्पर्क गर्ने प्रयास गरिरहेका थिए ।”

प्रहरीकाअनुसार जुन २ मा आरोपित सनाको घर नजिकै आए र उनलाई भेट्ने प्रयास गरे । जब ​​सानाले भेट्न अस्वीकार गरिन्, उनले अपराध गरे ।

प्रहरी कसरी अभियुक्तसम्म पुग्यो ?

आईजी रिजवीले भने, “यो मुद्दा प्रहरीको लागि चुनौती थियो किनभने सनाको हत्यालाई लिएर सम्पूर्ण देशभरि धेरै आक्रोश थियो । सीसीटीभी र कल रेकर्डको अनुसन्धान गरेर आरोपितलाई पक्राउ गर्न सफल भयौं ।”

उनले थपे, “प्रहरीले विशेष अनुसन्धान टोली गठन गर्‍यो र अभियुक्तलाई पक्रन धेरै ठाउँमा छापा मार्‍यो । यस क्रममा ११३ वटा सीसीटीभी क्यामेराको फुटेज खोजियो र लगभग ३०० फोन कलहरूको अनुसन्धान गरियो । साथै, सामाजिक सञ्जालमा मानिसहरूको गतिविधिहरूको अनुसन्धान गरियो । त्यसपछि हामीले ३७ संदिग्धहरूलाई सर्टलिस्ट गर्यौं ।”

आरोपितले सनाको फोन आफूसँगै लगेका थिए ताकि उसले कल विवरणहरू मेटाउन सकोस् ।

अभियुक्त म्याट्रिक पास हुन् र उनका बुवा अवकाशप्राप्त सरकारी कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

‘सानाको छातीमा गोली हानिएको थियो’

मुद्दाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले बीबीसी उर्दूलाई बताएअनुसार सनाको फोन रेकर्डको अनुसन्धानबाट उनी र अभियुक्तबीच फोनमा कुराकानी भएको पत्ता लागेको छ ।

ती अधिकारीले भने, “सनाको परिवारले घरमा प्रवेश गरेको एक जना पुरुषको उपस्थितिको विवरण दिएको थियो । जब सनाको कल रेकर्ड जाँच गरियो, तब नम्बरको प्रोफाइलमा भएको तस्वीर त्यो व्यक्तिको विवरणसँग मेल खायो ।”

पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले इन्स्टाग्राममा एक पोस्टमा संदिग्धलाई पक्राउ गरेकोमा प्रहरीको प्रशंसा गरेका छन् ।

उनले दाबी गरे, “प्रहरीले अभियुक्तबाट पेस्तोल र केटीको मोबाइल फोन बरामद गरेको छ र अभियुक्तले आफ्नो अपराध स्वीकार गरेको छ ।”

सनाकी आमाको उजुरीपछि इस्लामाबादको सम्बल प्रहरी स्टेशनमा उनको हत्याको मुद्दा दर्ता गरिएको थियो ।

उजुरी अनुसार “सोमबार अचानक हाम्रो घरमा एक जना मानिस पसे र मेरी छोरी सना युसुफमाथि सिधै गोली चलाए, दुई गोली उनको छातीमा लाग्यो । गोली हानेपछि अज्ञात व्यक्ति सिँढीबाट तल दौडियो । हामीले अलार्म बजाएपछि मानिसहरू वरिपरि जम्मा भए । मैले मेरी छोरीलाई छिमेकीको गाडीमा राखेर अस्पताल लगेँ, तर त्यतिन्जेलसम्म उनको मृत्यु भइसकेको थियो ।”

सनाकी आमाले प्रहरीलाई घटनाको समयमा उनका पति अर्थात् सनाका बुवा घरमा नभएको बताइन् । घरमा उनी, उनका देवर र सना मात्र थिए ।

गत महिना पनि पञ्जाबको खुशाब जिल्लामा टिकटककी एक जना महिला इकरा आजमको हत्या भएको थियो । त्यस घटनामा पनि उनका एक आफन्त अभियुक्त थिए ।

को हुन् सना ?

सना केवल १७ वर्षकी थिइन् । उनी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लाकी थिइन्, तर उनको परिवार केही समयदेखि इस्लामाबादमा बस्दै आएको थियो ।

उनको टिकटक अकाउन्टमा लगभग ८ लाख ६८ हजारभन्दा फलोअर्स छन् ।

सनाले यही सोमबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो जन्मदिनको भिडिओ पनि सेयर गरेकी थिइन्, जसमा उनी आफ्ना साथीहरूसँग जन्मदिन मनाउँदै गरेको देखिन्छिन् ।

आफ्ना भिडिओहरूमा उनी इस्लामाबादका विभिन्न ठाउँहरू र त्यहाँको खानाको बारेमा बताउँथिइन् ।

मुद्दाका अनुसन्धान अधिकारीका अनुसार सनाका परिवारका सदस्यहरूले उनी सामाजिक सञ्जालमा प्रभावशाली व्यक्ति भएको तर उनका कुनै पनि आफन्त वा परिचित व्यक्तिबाट कहिल्यै धम्की नपाएको बताएका छन् ।

सनाको परिवारका आफन्त बुरहानुद्दीनले भने, “सना भविष्यमा मेडिकल कलेजमा भर्ना हुने तयारी गरिरहेकी थिइन् । उनी चिकित्साशास्त्र अध्ययन गरेर चित्रालका जनताको सेवा गर्न चाहन्थिन् । उनका बुवा मानव अधिकारकर्मी थिए ।”

हिजो रातिदेखि पाकिस्तानको सामाजिक सञ्जालमा सनाको नाम ट्रेन्डिङमा छ र मानिसहरूले उनलाई तत्काल न्यायको माग गरिरहेका छन् ।

मोना फारुक अहमद नामकी एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेकी छिन्, “पाकिस्तानमा महिला, बालबालिका र अल्पसंख्यकहरू सुरक्षित छैनन् । हरेक दिन एक निर्दोष व्यक्तिको हत्या भइरहेको छ । सना एक प्यारी बालिका थिइन् जसमा जीवन भरिपूर्ण थियो ।”

महीन घानी नामक अर्की प्रयोगकर्ताले लेख्छिन्, “पाकिस्तानमा महिला भएको कारणले कसैलाई पनि सजाय दिनु हुँदैन ।”

निदा किरमानीले लेखेकी छिन्, “महिला र केटीहरूलाई साहसी, आत्मविश्वासी र खुसी भएको कारण मारिन्छ ।”

पत्रकार एहतिशामुल हकले लेखेका छन्, “१७ वर्षीया सना युसुफ यो कुराको हकदार थिइनन् । उनले चाँडै न्याय पाउनुपर्छ र यस घटनाको दोषीलाई कडा सजाय दिनुपर्छ ताकि मानिसहरूका लागि उदाहरण स्थापित होस् ।”

-बीबीसी हिन्दीको सहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register