दोहोरो अंकले घट्यो सेयर बजार, खुम्चियो कारोबार रकम  

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९७ अंकले घटेर २६४६ दशमलव ९५ को विन्दुमा पुगेको छ । बुधबार ३१३ कम्पनीका ५९ हजार १३० पटकको कारोबारमा १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Jun 4, 2025 - 11:10
 0
दोहोरो अंकले घट्यो सेयर बजार, खुम्चियो कारोबार रकम  

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९७ अंकले घटेर २६४६ दशमलव ९५ को विन्दुमा पुगेको छ ।

बुधबार ३१३ कम्पनीका ५९ हजार १३० पटकको कारोबारमा १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार ५२२ रुपैयाँ रहेको छ ।

आज ६६ कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये दुई वटा बढ्दा बाँकी राताम्मे छन् । आज अरुण काबेली पावरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register