छत्तीसगढमा दुर्घटना, १३ जनाको मृत्यु

एजेन्सी । भारतको मध्यक्षेत्रमा अवस्थित छत्तीसगढ राज्यमा आइतबार राति बस र ट्रक एकआपसमा ठोक्किँदा नौ महिला र एक शिशुसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । घटनामा अन्य १४ जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ । राज्यको राजधानी रायपुर नजिकै शनिबार राति ११ बजे दुर्घटना भएको हो । आफन्तको घरमा आयोजित एक कार्यक्रममा […]

May 12, 2025 - 13:50
 0
छत्तीसगढमा दुर्घटना, १३ जनाको मृत्यु

एजेन्सी । भारतको मध्यक्षेत्रमा अवस्थित छत्तीसगढ राज्यमा आइतबार राति बस र ट्रक एकआपसमा ठोक्किँदा नौ महिला र एक शिशुसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । घटनामा अन्य १४ जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

राज्यको राजधानी रायपुर नजिकै शनिबार राति ११ बजे दुर्घटना भएको हो ।

आफन्तको घरमा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्कंदै गर्दा उक्त दुर्घटना भएको थियो । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

राज्यका पूर्व मुख्यमन्त्री भूपेश बघेलले हालैका वर्षहरूमा छत्तीसगढमा सडक दुर्घटनाको सङ्ख्यामा वृद्धि भएको बताउँदै राज्य सरकारलाई यस्ता दुर्घटनाहरू रोक्न र मानव जीवन बचाउन कदम चाल्न आग्रह गरे । सिन्ह्वा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register