प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिसम्मलाई स्थगित

काठमाडौं । बुधबार बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । दलहरुबीच सहमति जुट्न नसक्दा बुधबार बोलाइएको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठकमा अवरोध हटाउँदै सदन सञ्चालन गर्न सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलसँग छलफल गरेका थिए । तर, प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा […]

Jun 4, 2025 - 11:10
 0
प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिसम्मलाई स्थगित

काठमाडौं । बुधबार बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ ।

दलहरुबीच सहमति जुट्न नसक्दा बुधबार बोलाइएको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा अवरोध हटाउँदै सदन सञ्चालन गर्न सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलसँग छलफल गरेका थिए । तर, प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआउँदासम्म बैठक बस्न नसक्ने अडान लिएपछि बैठक बस्न नसकेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसामा जानेहरूसँग रकम असुली धन्दा चलाएको कुरा बाहिरिएपछि गृहमन्त्री लेखक विवादमा मुछिएका हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयका सहसचिव तीनर्थराज भट्टराई सहितका कर्मचारीमाथि अनुसन्धान अघि बढेपछि गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग प्रतिपक्षीले राख्दै आएको छ ।

सत्तापक्षले भने गृहमन्त्रीले सदनमा पहिले जवाफ दिन पाउनुपर्ने बताइरहेको छ । दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहँदा मंगलबारको  प्रतिनिधिसभा बैठक पनि बस्न सकेको थिएन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register