सात तस्वीरमा हेराैं राष्ट्रिय टोलीको ‘ड्युटी’मा मेसीको ‘रिल्याक्स मुड’

काठमाडौं । अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेसी यतिबेला राष्ट्रिय टोलीको ‘ड्युटी’मा छन् । उनको कप्तानीमा रहेको विश्वविजेता अर्जेन्टिनाले नेपाली समयअनुसार बिहीबार बिहान चिलीविरुद्ध अर्को वर्ष हुन गइरहेको विश्वकपको छनोट खेल खेलिरहेको छ । अर्जेन्टिना चार खेलअघि नै विश्वकपमा छनोट भइसकेको छ । यसर्थ मेसीसहितको अर्जेन्टिना खेलअघिको ‘ट्रेनिङ’मा ‘रिल्याक्स मुड’मा देखिएका छन् । अर्जेन्टिनाले चिलीको खेलको […]

Jun 4, 2025 - 11:22
 0
सात तस्वीरमा हेराैं राष्ट्रिय टोलीको ‘ड्युटी’मा मेसीको ‘रिल्याक्स मुड’

काठमाडौं । अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेसी यतिबेला राष्ट्रिय टोलीको ‘ड्युटी’मा छन् ।

उनको कप्तानीमा रहेको विश्वविजेता अर्जेन्टिनाले नेपाली समयअनुसार बिहीबार बिहान चिलीविरुद्ध अर्को वर्ष हुन गइरहेको विश्वकपको छनोट खेल खेलिरहेको छ ।

अर्जेन्टिना चार खेलअघि नै विश्वकपमा छनोट भइसकेको छ । यसर्थ मेसीसहितको अर्जेन्टिना खेलअघिको ‘ट्रेनिङ’मा ‘रिल्याक्स मुड’मा देखिएका छन् ।

अर्जेन्टिनाले चिलीको खेलको पाँच दिनपछि कोलम्बियाविरुद्ध खेल्नेछ । यो खेल अर्जेन्टिनाले घरेलु मैदानमा हुनेछ ।

मेसीले तीन वर्षअघि कतारमा विश्वकपको उपाधि जितिसकेका छन् । यसर्थ उनी अहिले अर्जेन्टिनाको जर्सीमा बिनादबाब मैदानमा उत्रने गर्छन् ।

अमेरिकी क्लब इन्टर मयामीबाट व्यवसायिक फुटबल खेलिरहेका मेसीले आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकपसँगै दुईवटा कोपा अमेरिका उपाधिसमेत जिताइसकेका छन् ।

अर्जेन्टिनाको ‘ट्रेनिङ’ हेरौं तस्वीरहरूमा :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register