सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायात सेवामा बन्द र हड्ताल नगर्न यातायात व्यवसायीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बुधबार नागरिकलाई प्रत्यक्ष असर पर्ने सार्वजनिक यातायात सेवामा बन्द-हड्ताल नगर्न अल्पकालीन आदेश दिएको हो । अदालतले अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । […]

Jun 4, 2025 - 17:13
 0
सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायात सेवामा बन्द र हड्ताल नगर्न यातायात व्यवसायीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बुधबार नागरिकलाई प्रत्यक्ष असर पर्ने सार्वजनिक यातायात सेवामा बन्द-हड्ताल नगर्न अल्पकालीन आदेश दिएको हो । अदालतले अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

अधिवक्ता विमल पोखरेलले सार्वजनिक यातायात ठप्प पारी व्यवसायीहरूले नागरिकको संवैधानिक हक हनन् गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register