करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको विषयमा छानबिन हुनुपर्छ: अध्यक्ष लिङ्देन

Jun 6, 2023 - 08:28
 0
करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको विषयमा छानबिन हुनुपर्छ: अध्यक्ष लिङ्देन
करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको विषयमा छानबिन हुनुपर्छ: अध्यक्ष लिङ्देन

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको विषयबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ।

अध्यक्ष लिङ्देनले केही व्यापारिक घरानाका निकट मानिएका अनधिकृत व्यक्तिलाई करको दर हेरफेरमा संलग्न गराइएको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतको आलोचना भइरहेका बेला त्यसबारे सत्यतथ्य पत्ता लगाउन संसदीय समिति गठन गर्नुपर्ने माग गर्नुभएको हो।

मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले पूर्वनायव सुब्बा रामकृष्ण श्रेष्ठलाई करारमा नियुक्ति गरी सो काम लगाइएको भन्ने झारा टार्ने ढंगले जवाफ दिएको उल्लेख गर्दै आपत्ति जनाउनु भयो ।

गत वर्ष पनि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि सोही खालको आरोप लागेको स्मरण गराउँदै अध्यक्ष लिङ्देनले त्यसलाई त्यसै छोड्न नमिल्ने पनि बताउनु भयो ।   अध्यक्ष लिङ्देनले बजेट आउनु अघिल्लो दिन ठूलो मात्रामा गाडीहरू आयात हुनु र भोलिपल्ट करको दर हेरफेर हुनु शंकास्पद रहेको तर्क समेत गर्नुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1