तार्केश्वरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

काठमाडौँ। काठमाडौंको तारकेश्‍वर नगरपालिका-३ स्थित तिनपिप्ले भुवनेश्वरी मन्दिर नजिक सडक खण्डमा माइक्रोबस दुर्घटनामा परेको छ । दुर्घटनामा परी ८ जना घाइते भएका छन् । काभ्रेको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएको बा १ ज ८६८५ नम्बरको माइक्रोबस उक्कालोमा ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी वृत्त बालाजुले जनाएको छ। दुर्घटनामा परी […]

Jun 6, 2025 - 13:40
 0
तार्केश्वरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

काठमाडौँ।

काठमाडौंको तारकेश्‍वर नगरपालिका-३ स्थित तिनपिप्ले भुवनेश्वरी मन्दिर नजिक सडक खण्डमा माइक्रोबस दुर्घटनामा परेको छ । दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।

काभ्रेको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएको बा १ ज ८६८५ नम्बरको माइक्रोबस उक्कालोमा ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी वृत्त बालाजुले जनाएको छ।

दुर्घटनामा परी ८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि मेगा ग्रिनसिटी अस्पताल पठाइएको प्रहरीको भनाइ छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register