बाजुराको बाम्का बजारमा भएको आगलागीमा १४ घर पूर्ण रुपमा जलेर नष्ट

बाजुरा, २३ जेठ । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा आज दिउँसो ग्यासको सिलिन्डर पड्किँदा भएको आगलागी नियन्त्रणमा आएको छ । बजारमा रहेको एक होटलबाट खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर भएको आगलागीमा परी १४ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको र १७ घर आगो नियन्त्रणका लागि भत्काइएको बाजुराका प्रहरी प्रमुख डिएसपी इकवाल हवारीले जानकारी [...] The post बाजुराको बाम्का बजारमा भएको आगलागीमा १४ घर पूर्ण रुपमा जलेर नष्ट appeared first on Jhapa Online.

Jun 6, 2025 - 15:20
 0
बाजुराको बाम्का बजारमा भएको आगलागीमा १४ घर पूर्ण रुपमा जलेर नष्ट

बाजुरा, २३ जेठ । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा आज दिउँसो ग्यासको सिलिन्डर पड्किँदा भएको आगलागी नियन्त्रणमा आएको छ ।

बजारमा रहेको एक होटलबाट खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर भएको आगलागीमा परी १४ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको र १७ घर आगो नियन्त्रणका लागि भत्काइएको बाजुराका प्रहरी प्रमुख डिएसपी इकवाल हवारीले जानकारी दिनुभयो ।

आगलागीबाट ठूलो क्षति भए पनि क्षतिको पूर्ण विवरण आउन नसकेको प्रहरी प्रमुख हवारीले बताउनुभयो । सुरक्षाकर्मी र स्थानीयहरूको प्रयासमा आज साँझ आगलागी नियन्त्रणमा आएको हो । आगलागीका कारण जिल्लाभर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएको छ ।

The post बाजुराको बाम्का बजारमा भएको आगलागीमा १४ घर पूर्ण रुपमा जलेर नष्ट appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register