झापाको धुलाबारीबाट १३ वटा आइफोनसहित एक जना समातिए

झापा, ३० जेठ । झापाको मेचीनगर नगरपालिका–१२ स्थित धुलाबारी बस स्ट्याण्डबाट १३ वटा आइफोनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले धुलाबारीबाट इटहरी जाने बसमा चढ्न लागेको अवस्थामा भारत बंगालका ६५ वर्षीय नुर आलमलाई प्रहरीले मोबाइलसहित पक्राउ गरेको हो । करिब पाँच लाख ४० हजार बराबरको [...] The post झापाको धुलाबारीबाट १३ वटा आइफोनसहित एक जना समातिए appeared first on Jhapa Online.

Jun 13, 2025 - 14:39
 0
झापाको धुलाबारीबाट १३ वटा आइफोनसहित एक जना समातिए

झापा, ३० जेठ । झापाको मेचीनगर नगरपालिका–१२ स्थित धुलाबारी बस स्ट्याण्डबाट १३ वटा आइफोनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले धुलाबारीबाट इटहरी जाने बसमा चढ्न लागेको अवस्थामा भारत बंगालका ६५ वर्षीय नुर आलमलाई प्रहरीले मोबाइलसहित पक्राउ गरेको हो । करिब पाँच लाख ४० हजार बराबरको मोबाइल फोन सहित आवश्यक कारबाहीका लागि आज मेची भन्सार कार्यालय काँकरभिट्टा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यी हुन् बरामद आइफोनहरु

१. Iphone 13 Pro Max – थान १
२. Iphone 12 Pro – थान २
३. Iphone 12 – थान ३
४. Iphone 11 – थान ६
५. Iphone XR – थान १

The post झापाको धुलाबारीबाट १३ वटा आइफोनसहित एक जना समातिए appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register