युके र पोल्याण्डको सपना देखाएर ४२ लाख बढी ठगी, दुई जना पक्राउ

झापा, २३ जेठ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै लाखौं ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आठ जनाबाट ४२ लाख ३५ हजार ठगी गरेको अभियोगमा प्रहरीले रामेछाप मन्थली नगरपालिका–३ घर भई हाल दक्षिणकाली नगरपालिका–१ बस्दै आएका ४० वर्षीया प्रमिला बरुवाल र पाल्पा माथागडी गाउँपालिका–४ घर भई हाल काठमाडौँ [...] The post युके र पोल्याण्डको सपना देखाएर ४२ लाख बढी ठगी, दुई जना पक्राउ appeared first on Jhapa Online.

Jun 6, 2025 - 15:26
 0
युके र पोल्याण्डको सपना देखाएर ४२ लाख बढी ठगी, दुई जना पक्राउ

झापा, २३ जेठ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै लाखौं ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

आठ जनाबाट ४२ लाख ३५ हजार ठगी गरेको अभियोगमा प्रहरीले रामेछाप मन्थली नगरपालिका–३ घर भई हाल दक्षिणकाली नगरपालिका–१ बस्दै आएका ४० वर्षीया प्रमिला बरुवाल र पाल्पा माथागडी गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ गेङ्गबु बस्दै आएका ३४ वर्षीय मोहन पोखरेललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले पक्राउ परेकामध्ये बरुवालले युके पठाउने भन्दै सात जनाबाट ३२ लाख ३५ हजार र पोखरेलले एक जनालाई पोल्याण्ड पठाउने भन्दै १० लाख लिएको खुल्नमा आएको बताउनुभयो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

The post युके र पोल्याण्डको सपना देखाएर ४२ लाख बढी ठगी, दुई जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register