झापामा भैंसी चोरेर बेच्नै लाग्दा प्रहरीले समातेपछि…

झापा, २७ जेठ । झापाको छिमेकीको भैंसी चोरेर बेच्नै लाग्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा गाउँपालिका–६ का १९ वर्षीय बिनोद बनियालाई प्रहरीले पक्राउ गरेको हो । सोही स्थानका खगेन्द्रकुमार कार्कीको भैंसी खेतमा चराउनका लागि पगाहा लगाएको स्थानबाट चोरेर बानियाले बेच्न लगेका थिए । झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका वडा नं. ६ को [...] The post झापामा भैंसी चोरेर बेच्नै लाग्दा प्रहरीले समातेपछि… appeared first on Jhapa Online.

Jun 10, 2025 - 16:16
 0
झापामा भैंसी चोरेर बेच्नै लाग्दा प्रहरीले समातेपछि…

झापा, २७ जेठ । झापाको छिमेकीको भैंसी चोरेर बेच्नै लाग्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

झापा गाउँपालिका–६ का १९ वर्षीय बिनोद बनियालाई प्रहरीले पक्राउ गरेको हो । सोही स्थानका खगेन्द्रकुमार कार्कीको भैंसी खेतमा चराउनका लागि पगाहा लगाएको स्थानबाट चोरेर बानियाले बेच्न लगेका थिए । झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका वडा नं. ६ को सिमानामा पर्ने बिरिङ खोला पुर्‍याएर भैंसी व्यापारीलाई बोलाएर बिक्री गर्ने क्रममा व्यापारीलाई चोरी गरी ल्याएको भन्ने शंका लागेपछि प्रहरी खबर गरेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएर उनलाई झापा जिल्ला अदालतमा उपस्थित गराएर दिन ५ म्याद थप गरी चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापामा भैंसी चोरेर बेच्नै लाग्दा प्रहरीले समातेपछि… appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register