२५ हजार टन डीएपी र युरिया मल भित्रियो

झापा, ३ जेठ । वीरगन्ज नाकाबाट एक महिनाको अवधिमा २५ हजार टन मल भित्रिएको छ । वर्षे धानबालीलाई लक्षित गर्दै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत आयात गरेको १५ हजार टन डीएपी र १० हजार टन युरिया मल वीरगञ्ज नाका हुँदै भित्रिएको हो । भारतको कोलकाताबाट मल बोकेर रेल्वे र्‍याक वीरगन्ज [...] The post २५ हजार टन डीएपी र युरिया मल भित्रियो appeared first on Jhapa Online.

May 17, 2025 - 14:34
 0
२५ हजार टन डीएपी र युरिया मल भित्रियो

झापा, ३ जेठ । वीरगन्ज नाकाबाट एक महिनाको अवधिमा २५ हजार टन मल भित्रिएको छ ।

वर्षे धानबालीलाई लक्षित गर्दै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत आयात गरेको १५ हजार टन डीएपी र १० हजार टन युरिया मल वीरगञ्ज नाका हुँदै भित्रिएको हो ।

भारतको कोलकाताबाट मल बोकेर रेल्वे र्‍याक वीरगन्ज आइपुगेका कृषि सामग्री कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

कूल १५ हजार टन डीएपीमध्ये ६ हजार टन डीएपी मल कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जको गोदाममा भण्डारण समेत भइसकेको छ । बाँकी मल भैरहवा र विराटनगर प्रादेशिक कार्यालय पठाइने कृषि सामग्री कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख पाण्डे बताउनुभयो ।

The post २५ हजार टन डीएपी र युरिया मल भित्रियो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register