आज पुनः बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख ९२ हजार ९०० कायम

झापा, २९ जेठ । गत मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार ६०० ले वृद्धि भएको छ भने चाँदीमा १५ ले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९२ हजार ९०० कायम भएको छ [...] The post आज पुनः बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख ९२ हजार ९०० कायम appeared first on Jhapa Online.

Jun 12, 2025 - 06:55
 0
आज पुनः बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख ९२ हजार ९०० कायम

झापा, २९ जेठ । गत मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।

बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार ६०० ले वृद्धि भएको छ भने चाँदीमा १५ ले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९२ हजार ९०० कायम भएको छ भने एक तोला चाँदी दुई हजार १५० मा कारोबार भइरहेको छ ।

गत मङ्गलबार एक तोला सुन एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी दुई हजार १६५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

The post आज पुनः बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख ९२ हजार ९०० कायम appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register