बच्चालाई कामज्वरो आए के गर्ने, के नगर्ने ?

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कहिलेकाहीँ कामज्वरो आउने गर्दछ । त्यस्तो वेला अभिभावकहरू आत्तिने गरेको पाइन्छ । अभिभावक आत्तिदा बच्चामा झनै समस्या हुने गरेको पाइएकाले नआत्तिकन बच्चालाई सुरक्षितसाथ राख्न डाक्टर विश्वबन्धु बगालेले यस्तो सुझाब दिएका छन् ः काम ज्वरोका लक्षण ःआँखा माथि फर्काउने ।हातगोडा सबै कम्पन हुने ।जिउ नै अररो हुने ।मुखबाट फिँज निकाल्ने ।छोड्ने यस्तो [...] The post बच्चालाई कामज्वरो आए के गर्ने, के नगर्ने ? appeared first on Jhapa Online.

Jan 25, 2025 - 09:03
 0
बच्चालाई कामज्वरो आए के गर्ने, के नगर्ने ?


जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कहिलेकाहीँ कामज्वरो आउने गर्दछ । त्यस्तो वेला अभिभावकहरू आत्तिने गरेको पाइन्छ ।

अभिभावक आत्तिदा बच्चामा झनै समस्या हुने गरेको पाइएकाले नआत्तिकन बच्चालाई सुरक्षितसाथ राख्न डाक्टर विश्वबन्धु बगालेले यस्तो सुझाब दिएका छन् ः

काम ज्वरोका लक्षण ः
आँखा माथि फर्काउने ।
हातगोडा सबै कम्पन हुने ।
जिउ नै अररो हुने ।
मुखबाट फिँज निकाल्ने ।
छोड्ने

यस्तो हुँदा के गर्ने ?
बच्चालाई दायाँ वा बायाँ कोल्टे फर्काएर राख्ने ।
जतिसक्दो चाँडो नजिकैको अस्पताल लैजाने ।
ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने ।

के नगर्ने ?
आत्तिनु हुँदैन, आत्तिएको खण्डमा बच्चा लड्ने तथा खाटबाट खसेर चोटपटक लाग्ने सम्भावना हुन्छ ।
बच्चालाई उत्तानो पारेर राख्दा थुक वा अरू केही सर्किने सम्भावना हुन्छ, जुन अत्यन्तै खतरनाक हुन्छ ।
बच्चाको मुखमा केही नघुसार्ने । औँला घुसार्दा औँला टोकिने सम्भावना हुन्छ अनि अरू केही चिज राख्दा दाँत भाँचिने सम्भावना हुन्छ ।

भविष्यमा हुन नदिन के गर्ने ?

यो रोगको रोकथाम विधि भनेको ज्वरो आउनै नदिनु हो, जुन सम्भव छैन ।
त्यही भएर ज्वरो आएर यस्तो लक्षण देखिएमा बढी सजगता अपनाउनु नै यसको रोकथाम हो ।
घरमा अनिवार्य ज्वरो नाप्ने यन्त्र र सिटामोल राख्ने ।
ज्वरो आएमा तत्काल पारासिटामोल दिइहाल्ने ।
बच्चालाई गुम्स्याएर नराख्ने ।
ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने ।एजेन्सी

The post बच्चालाई कामज्वरो आए के गर्ने, के नगर्ने ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register