तेहरान र तेल अभिभमा विस्फोट: इजरायल-इरान द्वन्द्व नयाँ चरणमा प्रवेश

काठमाडौं । इजरायलको आणविक कार्यक्रमलाई लक्षित गरी गरिएको आक्रमणको प्रतिशोधमा इरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेपछि मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ। यस जवाफी हमलापछि इजरायलको तेल अभिभ र जेरुसेलम, साथै इरानको राजधानी तेहरानमा विस्फोटको आवाज सुनिएको बताइएको छ । इजरायली रक्षा बल (IDF) ले विगत २४ घण्टामा इरानका १५० भन्दा बढी लक्ष्यमा आक्रमण गरेको बताएको छ, […]

Jun 14, 2025 - 16:41
 0
तेहरान र तेल अभिभमा विस्फोट: इजरायल-इरान द्वन्द्व नयाँ चरणमा प्रवेश

काठमाडौं । इजरायलको आणविक कार्यक्रमलाई लक्षित गरी गरिएको आक्रमणको प्रतिशोधमा इरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेपछि मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ। यस जवाफी हमलापछि इजरायलको तेल अभिभ र जेरुसेलम, साथै इरानको राजधानी तेहरानमा विस्फोटको आवाज सुनिएको बताइएको छ ।

इजरायली रक्षा बल (IDF) ले विगत २४ घण्टामा इरानका १५० भन्दा बढी लक्ष्यमा आक्रमण गरेको बताएको छ, जसमा इस्फहानस्थित एउटा आणविक स्थल पनि समावेश छ। यसको जवाफमा, इरानले इजरायलमाथि ‘ट्रु प्रोमिस ३’ नाम दिएर क्षेप्यास्त्र  प्रहार गरेको हो। इरानी सञ्चारमाध्यमका अनुसार, तेहरानमा भएको एक आक्रमणमा ६० जनाको मृत्यु भएको खबर छ । इजरायलमा भने तीन जनाको मृत्यु र दर्जनौं घाइते भएको अधिकारीहरूले बताएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानविरुद्ध अर्को खुला युद्धको घोषणा गरेको बीबीसीको रिपोर्टमा उल्लेख छ ।  इरानले इजरायलमाथिको हमला रोक्न सहयोग गरेमा बेलायत, अमेरिका र फ्रान्सका क्षेत्रीय अड्डाहरू र जहाजहरूलाई निशाना बनाउने चेतावनी दिएको सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि, बेलायतले अहिलेसम्म कुनै पनि सैन्य कारबाहीमा भाग नलिएको बताइएको छ ।

वाशिंगटन र तेहरानले इरानको आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्ने तयारीमा रहेका बेला यी आक्रमणहरू भएका हुन् ।  जसले आणविक वार्ता थप जटिल बन्ने संकेत गरेको छ।

मध्यपूर्वमा तनाव बढ्दै जाँदा यस क्षेत्रको स्थायित्व र विश्वव्यापी भूराजनीतिमा गम्भीर असर पर्ने देखिएको छ। (बीबीसी)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register