साकेला उभौलीको बिदाइ

खोटाङ।  खोटाङमा यो वर्षको साकेला उभौली चाडलाई बिदाइ गरिएको छ ।  महिना दिन अघि बिधिवत रुपमा सुरु गरिएको साकेला उभौलीलाई दिक्तेलबजारको माटिकोरे खेल मैदानमा बृहत् सिली नाचको आयोजना गरी बिदाइ गरिएको हो । किरात येले सम्वत ५०८५ को अवसरमा किरात राई यायोक्खा र किरात सेवा समाजको आयोजनामा शनिवार बृहत् सिली नाचको आयोजना गरिएको हो । […]

Jun 14, 2025 - 16:37
 0
साकेला उभौलीको बिदाइ

खोटाङ। 

खोटाङमा यो वर्षको साकेला उभौली चाडलाई बिदाइ गरिएको छ ।  महिना दिन अघि बिधिवत रुपमा सुरु गरिएको साकेला उभौलीलाई दिक्तेलबजारको माटिकोरे खेल मैदानमा बृहत् सिली नाचको आयोजना गरी बिदाइ गरिएको हो ।

किरात येले सम्वत ५०८५ को अवसरमा किरात राई यायोक्खा र किरात सेवा समाजको आयोजनामा शनिवार बृहत् सिली नाचको आयोजना गरिएको हो । किरातीहरूले वैशाखे पूर्णिमाको बेला उभौली र मङ्सिरे पूर्णिमाको बेला उधौली मनाउने चलन छ । वैशाखे पूर्णिमाको बेला जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने भएकाले उभौली भनिएको हो ।

उभौलीको अवसरमा खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप आइनपरोस् लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने चलन छ । मङ्सिरे पूर्णिमाको बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले उधौली भनिएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातको भनाई छ । उधौलीको अवसरमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा–आराधना गर्ने चलन छ । उभौली–उधौली आफन्तसंगको भेटघाट गर्ने महत्त्वपूर्ण अवसर पनि मानिन्छ ।

साकेलाको अवसरमा किरातीहरू मात्र नभई गैरकिरातहरूले समेत सिली नाच्ने गर्दछन् । साकेला सिली किरातीहरूले मात्र नभइ सबै जातजाति तथा धर्म समुदायले समेत नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको सम्बन्ध विकास गर्ने एउटा समृद्ध संस्कृतिको रुपमा लिने गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register