पाँच वाणिज्य बैंकको ब्याजदर घट्यो

काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले असारका लागी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । बैंकहरूले प्रकाशन गरेको विवरणअनुसार १५ वटा वाणिज्य बैंकहरूले जेठको ब्याजदरलाई नै निरन्तरता दिएका छन् भने ५ वटा बैंकहरूको ब्याजदरमा सामान्य गिरावट आएको छ । असार महिनाका लागि ब्याजदर […]

Jun 15, 2025 - 07:59
 0
पाँच वाणिज्य बैंकको ब्याजदर घट्यो

काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले असारका लागी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

बैंकहरूले प्रकाशन गरेको विवरणअनुसार १५ वटा वाणिज्य बैंकहरूले जेठको ब्याजदरलाई नै निरन्तरता दिएका छन् भने ५ वटा बैंकहरूको ब्याजदरमा सामान्य गिरावट आएको छ ।

असार महिनाका लागि ब्याजदर घटाउने बैंकहरूमा एभरेस्ट बैंक, कुमारी बैंक, एनएमबि बैंक, कृषि विकास बैंक र एनआईसी एशिया बैंक रहेका छन् । ५ वटा बैंकहरूले ब्याजदर घटाउँदा असारमा वाणिज्य बैंकहरूको औसत ब्याजदर व्यक्तिगत तर्फ ५ दशमलव ९५ प्रतिशत र संस्थागततर्फ ४ दशमलव ३९ प्रतिशत कायम भएको छ ।

जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ५ दशमलव ९५२ प्रतिशत विन्दु रहेकोमा असार महिनामा ५ दशमलव ९०२ प्रतिशत विन्दु कायम भएको छ ।

एनएमबि बैंकले ० दशमलव ६ प्रतिशतले घटाएर व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत, एभरेस्ट बैंकले ० दशमलव ०९ प्रतिशतले घटाएर व्यक्तिगततर्फ ६ दशमलव ५५ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ५५ प्रतिशत, एनआईसी एशिया बैंकले ० दशमलव ०५ प्रतिशतले घटाएर व्यक्तिगततर्फ ६ दशमलव ५५ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ५५ प्रतिशतले ब्याजदर कायम गरेका छन् ।

यस्तै, कृषि विकास बैंकले असारमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ० दशमलव ०६ प्रतिशत घटाएर ५ दशमलव ४५ प्रतिशत र संस्थागततर्फ १ दशमलव १२ प्रतिशत बढाएर ४ दशमलव ४५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, कुमारी बैंकले असारमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ० दशमलव २ प्रतिशत घटाएर ५ दशमलव ७१ प्रतिशत र संस्थागततर्फ ० दशमलव ४ प्रतिशत घटाएर ४ दशमलव ५१ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यसैगरी, नेपाल बैंकले असारका व्यक्तिगततर्फ ५ दशमलव ४५ प्रतिशत ब्याजदर तोकेको छ । त्यस्तै, असारका लागि सानिमा बैंकले व्यक्तिगततर्फ ६ दशमलव ३३ प्रतिशत र संस्थागततर्फ ४ दशमलव ५० प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ५ दशमलव ७५ प्रतिशत र संस्थागततर्फ ४ दशमलव ७५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ५ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत तोकेका छन् ।

यस्तै, नेपाल एसबीआई बैंकले व्यक्तिगत तर्फ ५ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ४ दशमलव ५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ५ दशमलव ७५ प्रतिशत र संस्थागततर्फ ४ दशमलव ५ प्रतिशत, ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ४ दशमलव २५ प्रतिशत, प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ ६ दशमलव २५ प्रतिशत र संस्थागततर्फ ३ दशमलव ५० प्रतिशत ब्याजदर कायम गरेका छन् ।

यसैगरी, सिटिजन्स बैंकले व्यक्तिगततर्फ ५ दशमलव ६५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत, प्रभु बैंकले व्यक्तिगततर्फ ६ दशमलव १ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत, माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ६ दशमलव २५ प्रतिशत र संस्थागततर्फ ३ दशमलव २५ प्रतिशत, हिमालयन बैंकले व्यक्तिगततर्फ ५ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत, नबिल बैंकले व्यक्तिगततर्फ ५ दशमलव ७५ प्रतिशत र संस्थागततर्फ ४ दशमलव ०५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register