‘जनयुद्ध’ सम्झिँदै प्रचण्डले भने : अहिले हामी शान्तिपूर्ण क्रान्तिको मोर्चामा छौँ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू अहिले शान्तिपूर्ण क्रान्तिको मोर्चामा रहेको बताएका छन् । ‘जनयुद्ध’को ३०औँ वार्षिकीका अवसरमा बिहीबार भिडिओ सन्देशमार्फत् शुभकामना दिँदै उनले समाजवादी क्रान्तिमा लामबद्ध हुने ऐतिहासिक अवसर आफूहरूसामु अझै रहेको बताए । ‘आज हामी क्रान्तिको शान्तिपूर्ण मोर्चामा छौं । समाजवादी क्रान्तिमा लामबद्ध हुने ऐतिहासिक अभिभारा हामीसामु छ,’ उनले […]

Feb 13, 2025 - 03:12
 0
‘जनयुद्ध’ सम्झिँदै प्रचण्डले भने : अहिले हामी शान्तिपूर्ण क्रान्तिको मोर्चामा छौँ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू अहिले शान्तिपूर्ण क्रान्तिको मोर्चामा रहेको बताएका छन् ।

‘जनयुद्ध’को ३०औँ वार्षिकीका अवसरमा बिहीबार भिडिओ सन्देशमार्फत् शुभकामना दिँदै उनले समाजवादी क्रान्तिमा लामबद्ध हुने ऐतिहासिक अवसर आफूहरूसामु अझै रहेको बताए ।

‘आज हामी क्रान्तिको शान्तिपूर्ण मोर्चामा छौं । समाजवादी क्रान्तिमा लामबद्ध हुने ऐतिहासिक अभिभारा हामीसामु छ,’ उनले भनेका छन् ।

सन्देशमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ‘जनयुद्ध’बारे नयाँ पुस्तामा रहेको जिज्ञासा चिर्ने प्रयास गरेका छन् ।

‘ जनयुद्ध नभएको भए हामी कहाँ हुन्थियौँ त भन्ने कुरा बुझ्न जरुरी छ । जनयुद्ध नभएको भए अहिले पनि देशमा सामाजिक शोषण हुने थियो,’ उनले थपेका छन्, ‘यो देशमा सामन्ती शोषण थियो । एउटा वंश र त्यसका वरिपरि घुम्ने सामन्ती शोषकहरूले जनताको फैसला गर्थे । दलित, महिला आदिवासी, मधेशी, मुस्लिम, थारू, जनजातिलगायत वर्ग र समुदायमाथि चरम विभेद र उत्पीडन थियो । त्यो स्थितिमा यथास्थितिमा नै टालटुट सुधार गरेर समाजको आमुल परिवर्तन सम्भव थिएन । र, यसका विरुद्ध प्रतिरोधको अनिवार्यता नै जनयुद्धका रुपमा प्रकट भएको हो ।’

जनताको यो स्तरकाे प्रतिरोध नगरेको भए अहिले पनि सामन्ती शोषण कायम भएको हुने प्रचण्डको दाबी छ ।

‘अहिले जनताले चुनिएका प्रतिनिधिबाट संविधान बनेको छ । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता कायम भएको छ,’ जनयुद्धका उपलब्धि के–के भए भन्नेबारे व्याख्या गर्दै उनले भनेका छन्, ‘यो पक्रियामा कतिपय कमी भए तर नियतमा खोट थिएन । अग्रगमनका पक्षमा निारन्तर लागिरह्यौ । कमजोरीको समीक्षा गर्दै अघि बढिरहेका छौं । व्यवस्था बदलियो अब अवस्था बदल्ने कार्यभार अझै बाँकी छ ।’

तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा विसं २०५२ साल फागुन १ गते देशमा सशस्त्र संघर्ष सुरु भएको थियो । त्यसलाई माओवादी पृष्ठभूमिका दलहरूले ‘जनयुद्ध’का रुपमा मनाउने गरेका छन् । यसर्थ (फागुन १ गते) आज माओवादी केन्द्रलगायत दलहरूले जनयुद्ध दिवस मनाउँदै छन् ।

१० वर्ष लामो उक्त सशस्त्र संघर्ष २०६३ सालमा शान्तिपूर्ण विसर्जन भएको थियो । तत्कालीन सरकार र माओवादीले शान्ति सम्झौता गरेका थिए ।

यस्ताे छ भिडिओ सन्देश :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register