राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक आज बस्दैँ

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठकमा गत जेठ १५ देखि भएको आन्दोलनको समिक्षा , आगामी आन्दोलनको स्वरुप र तयारीबारे पार्टीको कार्ययोजना, भुमिका र धारणा बारेमा छलफल हुने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा पार्टीको आन्तरिक संगठन सुदृढीकरणका बारेमा पनि छलफल हुने बताईएको छ […]

Jun 15, 2025 - 08:31
 0
राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक आज बस्दैँ

काठमाडौं ।

राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बैठकमा गत जेठ १५ देखि भएको आन्दोलनको समिक्षा , आगामी आन्दोलनको स्वरुप र तयारीबारे पार्टीको कार्ययोजना, भुमिका र धारणा बारेमा छलफल हुने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा पार्टीको आन्तरिक संगठन सुदृढीकरणका बारेमा पनि छलफल हुने बताईएको छ । बर्षादको सिजन भएकोले पार्टीले कार्यकर्ता भेला, प्रशिक्षण र गोष्ठी संचालन गर्ने बारेमा समेत टुंगो लगाइने बर्तौलाले बताए ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको आबश्यकता र औचित्य तथा राप्रपा नेपालको भुमिकाको बारेमा धारणा राख्ने त्यसमा छलफल हुने कार्यसुची रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register